Home / Blogs / युवाको लागि ‘अप्रिलिया एसआर १२५’, केके छन् विशेषता?
  • Latest Bikes
  • 0

युवाको लागि ‘अप्रिलिया एसआर १२५’, केके छन् विशेषता?

Nepal Auto Trader

Share this News

image

स्टाइल र पफर्मेन्स अप्रिलियाका दुई पाङग्रे सवारी अब्बल मानिन्छन्। यो इटालियन कम्पनीबाट निर्मित सवारी हो। नेपालमा यसको आधिकारिक विक्री वितरण डि–लाइफ स्टाइल्सले गर्दै आइरहेको छ।

डि–लाइफ स्टाइल्सले गत  १८ मार्चमा अप्रिलिया एसआर १२५ नेपालमा सार्वजनिक गरेको हो।

कम्पनीले यसको मूल्य २ लाख ३५ हजार ९ सय कायम गरेको छ। खैरो र निलो रङमा उपलब्ध अप्रिलिया एसआर १२५ को बडीमा हाइली सेन्थेटिक फाइबर प्रयोग गरिएको छ ।


कम्पनीका अनुसार सामान्यतया अरु स्कुटर फ्ल्याट’ सेपमा हुन्छ भने यो ‘एज’ सेपमा छ जसले गर्दा  दुर्घटना भएको अवस्थामा पनि फुट्ने सम्भावना कम हुन्छ।

१२५ सिसिको इञ्जिन क्षमताको अप्रिलियाले ७२५० आरपिएम मा ९.५२ एचपी पावर र ६२५० आरपिएम मा ९.९ एनएम टर्क उत्सर्जन गर्छ। यसले काठमाडौंमा ४० र हाइवेमा ४५ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ।

यसको ११८ मिलीमिटर ग्राउण्ड क्लेयरेन्स, युरो ४ इञ्जिन, ब्रेकिङ सिस्टम, पावर,  १४ इञ्चको टायर, लुक्स, एरोडाइनामिक सस्पेन्सन, युएसबी केवल कनेक्टर, साउण्ड लगायतले उच्च स्तरीय बनाएको कम्पनीले दाबी गरेको छ।


कम्पनीले यसलाई २० देखि ३० वर्ष उमेर समूहको लागि लक्षित गर्दै बजारमा ल्याएको बताएको छ।

कम्पनीले अप्रिलिया १२५ को लागि इञ्जिनमा १ वर्ष र पाट्सहरूमा ६ महिनाको वारेन्टी प्रदान गर्ने गरेको छ। त्यस्तै, अहिले नयाँ वर्षको अवसरमा ग्राहकलाई ३२ हजार बराबरको  एसोसरिजहरू प्रदान गर्ने कम्पनीले जनाएको छ।

अप्रिलियाको एस आर स्कुटरको पावर, पर्फमेन्स राम्रो भएकोले १२५ ले पनि धेरै राम्रो प्रतिक्रिया पाउने कम्पनीको दाबी छ।

Our latest comments