ब्रिटिस मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डले भारतमा २५० सीसीको मोटरसाइकल अप्रिलमा सार्वजनिक गर्ने अनुमान तिब्र भएको छ । कम्पनीले नियमित रुपमा यसको परिक्षण गरिरहेको तस्विरहरु भारतीय मिडियाले प्रकाशन गरिरहेका छन् ।
मोटरसाइकल उत्पादक कम्पनीहरु बीच कडा प्रतिस्पर्धा अब २५० सीसी सेग्मेन्टमा हुने देखिएको छ । अहिले हरेक कम्पनी २५० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउन लागि परेका छन् । बजाजले डोमिनार २५० सार्वजनिक गरेको छ भने रोयल इन्फिल्ड अन्तिम तयारीमा जुटेको छ ।
नेपालको लागि यी दुबै उत्पादन सडक सुहाँउदो हुने मानिएकाले पनि हाम्रो चासो यी समाचारहरुमा रहँदै आएको छ । नेपालमा बजाज डोमिनार २५० अबको केही महिनापछि आउने छ भने रोयल इन्फिल्डले बनाउने कम सीसीको मोटरसाइकल पनि नेपाल आउने छ ।
रोयल इन्फिल्डले ‘जे१डी’ कोण नेम दिएर निर्माण गरिरहेको यो मोटरसाइकल कम तौलको हुने अनुमान गरिएको छ भने मूल्यका हिसावले रोयल इन्फिल्डले बिक्री गर्ने सबैभन्दा कम मूल्यको रहने अनुमान गरिएको छ । रोयल इन्फिल्डले यसवर्ष हरेक तीन महिनामा एउटा नयाँ प्रडक्ट ल्याउने गरि तयारी गरिरहेको बताइएको छ ।