Home / Blogs / २०२३ मोडलको केटीएम २५० एड्भेन्चर नेपालमा सार्वजनिक; यस्तो छ मुल्य
  • Latest Bikes
  • 0

२०२३ मोडलको केटीएम २५० एड्भेन्चर नेपालमा सार्वजनिक; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

केटीएम २५० एड्भेन्चरको नयाँ भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले केटीएम २५० एड्भेन्चर २०२३ मोडलको विक्री सुरु भएको पनि जनाएको छ । केटीएमले यसअघि बुकिङ लिएका मोटरसाइकल डेलिभरी दिन सुरु गरेको छ भने हाल बुकिङ गर्ने ग्राहकले २ दिनमा नै डेलिभरी पाउने जनाएको छ । कलर र ग्राफिक्स बाहेक नयाँ एड्भेन्चरमा कुनै परिमार्जन गरिएको छैन । सो बाइक इलेक्ट्रोनिक अरेन्ज र फ्याक्ट्री रेसिङ ब्लु कलरमा उपलब्ध रहेको छ । 


केटीएम २५० एड्भेन्चरमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले ९००० आरपीएममा ३० पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । सो बाइकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने यसमा डबल च्यानल एबीएस पनि उपलब्ध रहेको छ । यसमा डब्ल्युपी एपेक्स सेटको सस्पेन्सन पाउन सकिन्छ । यसमा डब्ल्युपी एपेक्स अपसाइड डाउन ४३ एमएम अगाडिको १७७ एमएम ट्राभल रेन्ज छ भने पछाडिको सक एब्जर्बरमा मिलाउन मिल्ने प्रिलोडका साथ १७७ एमएम ट्राभल रेन्ज रहेको छ ।


केटीएम २५० एड्भेन्चरको लम्बाई २१५४ एमएम, चौडाई ९०० एमएम, उचाई १२६३ एमएम, ग्राउण्ड क्लियरेन्स २०० एमएम र १४३० एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १४.५ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १७७ केजी रहेको छ । यो मोटरसाइकलको सिटको उचाई ८५५ एमएम रहेको छ । सो बाइकले ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । १७ इन्चको अलोय ह्वील रहेको भी स्ट्रोमले २५० देखी ३०० केजी सम्मको तौल बोक्न सक्ने क्षमता राख्दछ । सो मोटरसाइकलमा अगाडि ३२० एमएम र पछाडि २३० एमएम डिस्क ब्रेक रहेको छ ।


केटीएमको नयाँ एड्भेन्चर मोटरसाइकलमा सबै प्रकारका लाइटहरु एलईडी दिइएको छ जसमा नयाँ हेडलाइट सेटअप, नयाँ एलइडी हेडलाइट सेटअप र नयाँ टेल ल्याम्प सेटअप पाउन सकिन्छ । यसैगरी यसमा फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, गियर इन्डिकेटर, व्लुटथ कनेक्टीभीटी, टर्न वाई टर्न नेभिगेशन, साइड स्ट्याण्ड सेन्सर र फ्रन्ट भाइजर जस्ता अन्य फिचर उपलब्ध छन् । बीएस ६ मापदण्डयुक्त इन्जिन रहेको सो मोटरबाइकमा फराकिलो र ठूलो टायर दिइएको छ जुन अफरोड तथा अनरोड दुबैमा उपयुक्त हुनेछ । बोसको अत्याधुनिक एबीएस सिस्टमले यसमा अफरोड मोड थप गरिएको छ । 


नयाँ भर्सन २५० एड्भेन्चरको नेपाली बजार मूल्य ७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । यसअघि ८ लाख २० हजार रुपैयाँमा विक्री हुँदै आएको केटीएम २५० एड्भेन्चर, २०२३ भर्सन भने ७० हजार रुपैयाँले घटाएर विक्री सुरु गरिएको कम्पनीले जनाएको छ । नयाँ एड्भेन्चर इलेक्ट्रोनीक अरेन्ज र फ्याक्ट्री रेसिङ ब्लु कलरमा उपलब्ध रहेको छ । नेपाली बजारमा यसको सिधा प्रतिश्पर्धा होन्डा सीआरएफ ३०० सँग हुनेछ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।







Our latest comments