Home / Blogs / टोयोटाको नयाँ एसयूभी भेन्जा सार्वजनिक
  • Latest Cars
  • 0

टोयोटाको नयाँ एसयूभी भेन्जा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

टोयोटाको नयाँ एसयूभी भेन्जा सार्वजनिक गरेको छ । सो कार जापानी बजारमा उपलब्ध एसयूभी टोयोटा ह्यारियरको लेफ्ट ह्यान्ड ड्राइभ भर्सन हो । टोयोटाले अमेरिकामा डिजिटल प्लेटफर्म प्रयोग गरी सो एसयूभी सार्वजनिक गरेको हो । टोयोटा भेन्जामा टोयोटा ह्यारियरको प्लेटफर्म प्रयोग गरिएको छ र यसको डिजाइन र इन्टेरियर पनि केही हदसम्म ह्यारियर जस्तो देखिन्छ । सो एसयूभीमा हाइब्रिड पावरट्रेन समावेश गरिएको छ ।

टोयोटा भेन्जामा ३ इलेन्ट्रिक मोटरको साथमा २.५ लिटर ४ सिलिन्डर पेट्रोल इन्जिन समावेश छ । सो हाइब्रिड पेट्रोल इन्जिनको कम्बाइन्ड पावर २१९ बीएचपी आउटपुट रहेको छ । सो इन्जिनमा सीभीटी गियरबक्स समावेश रहेको छ । सो एसयूभीमा नर्मल, ईको, र स्पोर्ट नामले ३ ड्राइभिङ मोड रहेको छ ।

टोयोटाको नयाँ एसयूभी शानदार कम्फर्ट र कन्भेनियन्स फिचरको साथ समावेश छ । यसमा १२.३ इन्च टचस्क्रिन डिस्प्ले, ९ स्पिकर, ७ इन्च मिड, डिजिटल रियर भ्यु मिरर र १० इन्च कलर हेड अल डिस्प्ले समावेश गरेको छ । यसको साथै भेन्जा एसयूभीमा प्यानोरमिक ग्लास रुफ र हिटेड र भेन्टिलेटेड फ्रन्ट सिट समावेश छ ।

सेफ्टीको रुपमा सो एसयूभीमा डेटाइम÷लो–लाइट भेइकल र पेडेस्ट्रियन डिटेक्सनको साथ प्रि–कलिजन सिस्टम, डेटाइम बाइसाइकल डिटेक्शन, फुल स्पिड रेन्ज डायनेमिक रडार क्रुज कन्ट्रोल, स्टेयरिङ असिस्टको साथ लेन डिपार्चर अलर्ट, अटोमेटिक हाई बीम्स, लेन ट्रेसिङ असिस्ट र रोड साइन असिस्ट जस्ता फिचर रहेको छ । सो कार फोर्ड एज, होन्डा पासपोर्ट र हुन्डाई सान्ता फेसँग प्रतिस्पर्धा गर्नेछ । सो कार नेपालमा भने आउने सम्भावना निकै कम छ ।

Our latest comments