Home / Blogs / हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट अब नेपाली बजारमा; यस्ता छन् बिशेषता
  • Latest Cars
  • 0

हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट अब नेपाली बजारमा; यस्ता छन् बिशेषता

Nepal Auto Trader

Share this News

image

हुन्डाईको इलेक्ट्रीक कार कोनाको फेसलिफ्ट भर्सन नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रीक कोनाको विक्री सुरु भएको पनि जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा तीन महिना अघि विक्री सुरु भएको फेसलिफ्ट कोना प्रिमियम एक क्रसओभर मोडल हो जसले थुप्रै अवार्ड जित्न सफल भएको छ । विगत २ वर्षदेखि हुन्डाई कोना इलेक्ट्रीक नेपाली बजारमा विक्री हुँदै आएको छ । नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएर आएको कम्पनीले जनाएको छ । 


नयाँ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ र ६४ किलोवाट आवरको व्याट्री अप्सनमा उपलब्ध रहेको छ जसले सिंगल चार्जमा ३१२ किलोमिटरको रेन्ज दिन्छ । नयाँ कोनाको ड्राइभिङ रेन्ज पनि बढेको छ । सो व्याट्रीका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । सो कारको व्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कमगरी कोनोको ह्याण्डलीङ उत्कृष्ट बनाएको छ । यसको लम्बाई ४२०५ एमएम, चौडाई १८०० एमएम, उचाई १५७० एमएम रहेको छ । यसमा २६०० एमएमको ह्वीलवेस र १६० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।


हुन्डाई कोना फेसलिफ्टका बिशेषताहरुमा पहिलेको मोडल भन्दा सामान्य परिमार्जन गरिएको छ । कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । यसैगरी यसमा व्ल्यू लिङ्क कनेक्टीभीटी, भ्वाइस कमाण्ड, रिमोर्ट चार्जिङ, रिमोट क्लाइमेट कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ । यसमा सनरुफको सुविधा समेत थप गरिएको छ । यसमा एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्ने ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन जस्ता फिचर समावेश गरिएको छ । यसमा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ जस्ता आधुनिक सुरक्षा फिचर दिइएको छ ।


नेपाली बजारमा कोना फेसलिफ्ट एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइट जस्ता उत्कृष्ट कलर अप्सनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले हाल नेपालका विभिन्न ३६ स्थानमा चार्जिङ स्टेशन स्थापना भइसकेको बताएको छ । सो कम्पनीले देशभर रहेका आफ्ना १३ डिलर र १७ वटा सर्भिस सेन्टर मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । हाल नेपाली बजारमा उपल्ब्ध हुन्डाई कोनाको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ छ भने नयाँ कोनाको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ निर्धारण हुने अनुमान गरिएको छ ।  


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments