Home / Blogs / जोन्टेस जीटी १५५ एडभेन्चर मोटरसाइकल नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य
  • Latest Bikes
  • 0

जोन्टेस जीटी १५५ एडभेन्चर मोटरसाइकल नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा नयाँ १५५ सीसीको एडभेन्चर मोटरसाइकल सार्वजनिक भएको छ । चिनियाँ कम्पनी जोन्टेसको मोटरसाइकल जीटी १५५ एडभेन्चर मोटरसाइकल नेपालमा विक्री सुरु पनि भएको छ । नेपालका लागि जोन्टेस मोटरसाइकलको आधिकारीक विक्रेता आइरन मंक प्रालिले सो एडभेन्चर मोटरसाइकल नेपाली बजारमा भित्राएको हो । जोन्टेस जीटी १५५ अलोय ह्वील र स्पोक ह्वीलगरी दुई भेरियन्टमा उपलब्ध रहेको छ । सो मोटरसाइकल मोटार्ड डिजाइनमा आधारित रहेको छ भने यो पुर्णतया कि-लेस छ ।


जोन्टेस जीटी १५५ मा यूरो ५ मापदण्डका लिक्विड कुल्ड एफआई इन्जिन दिइएको छ जुन इन्जिनले १९.०३ पीएस पावर र १६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथै स्लीपर एसिस्ट क्लच उपलब्ध छ । सो बाइकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने यसमा डबल च्यानल एबीएस पनि उपलब्ध रहेको छ । साथै यो मोटरसाइकलमा एन्टि हिटेड अन्डर बेली एक्जष्ट, आल्मुनियम स्वीङ आर्म र यूएडी फर्क पनि पाउन सकिन्छ ।


जोन्टेस जीटी १५५ को लम्बाई २००५ एमएम, चौडाई ८६५ एमएम, उचाई ११२० एमएम, ग्राउण्ड क्लियरेन्स २१५ एमएम र १३७० एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १२.५० लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले वजन १२८ केजी रहेको छ । सो मोटरसाइकलमा अगाडि ३०० एमएम र पछाडि २३० एमएम डिस्क ब्रेक रहेको छ । सो बाइकले ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । यसमा स्पोक ट्युवलेस टायर पनि रहेको छ ।


जीटी १५५ मा डबल एलइडी हेडल्याम्प, एलइडी डिआरएल, फास्ट चार्जिङ यूएसवी पोर्ट, १० एम्पीयर आवरको ब्याट्री, एयर टेम्प्रेचर सेन्सर, जिंक कोटेड फ्यूल ट्याङ्क, र वाटर रेसिस्टेन्स ब्याकलिट स्वीच गियर जस्ता बिशेषता पाउन सकिन्छ । यसमा फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथै अर्को सानो डिस्प्ले र इन्जिन कौल जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । सो बाइकमा स्पीडोमिटर, फ्यूल गज, लो फूल इन्डिकेटर, ट्रिपमिटर, क्लक जस्ता डिजिटल फिचर रहेको छन् ।  


जोन्टेस जीटी १५५ अलोय ह्वील भेरियन्टको मूल्य ५ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ भने स्पोक ह्वील भेरियन्टको मूल्य ५ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले टेकुमा आफ्नो शोरुम स्थापना गरेर सो मोटरबाइकको विक्री वितरण सुरु गरेको जनाएको छ ।  मोटरसाइकलको लागि सर्भिस भने गोंगबुमा रहेको सर्भिस सेन्टरबाट पाउन सकिने आइरन मंक प्रालिले जनाएको छ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।






Our latest comments