यामाहा वाईजेडएफ आर२५ अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक

यामाहाको बाइक २०२० वाईजेडएफ आर२५ अन्तर्राष्ट्रिय बजारमा उपलब्ध छ । सो बाइक गत फेब्रुअरीमा सार्वजनिक गरिएको थियो । सो बाइक २ रङ म्याट सिल्भर र म्याट ब्लुमा उपलब्ध रहेको छ ।

सिल्भर रङको बाइक २०१९ यामाहा एम१ फिएट एस्टोरिल भर्सनसँग प्रभावित भएको छ जबकि ब्लु रङको बाइकको फ्रन्ट फेन्डरमा सिल्भर, साइडमा फेयरिङ र टेलमा उपलब्ध रहेको छ ।

नयाँ यामाहा वाईजेडएफ आर२५ मा मेकानिकल रुपमा केही परिवर्तन गरिएको छैन । यद्यपि सो बाइक २०२० को अन्तमा वा २०२१ को सुरुवातमा लन्च गर्ने सम्भावना रहेको छ । सो बाइकमा ३२१ सीसी, ट्वीन लिक्विड सिलिन्डर इन्जिन समावेश गरेको छ । जसले १०७५० आरपीएममा ४१ बीएचपीको पावर र ९००० आरपीएममा २९.६ एनएमको टर्क जेनेरेट गर्छ ।

वाईजेडएफ आर२५ मा ६ स्पिड ट्रान्समिसन सिस्टम समावेश गरिएको छ । सो बाइकको फ्रन्टमा फोर्क र रियरमा मोनोसक समावेश गरेको छ जबकि दुबैमा डिस्क ब्रेक समावेश गरिएको छ । भारतमा लन्च हुने वाईजेडएफ–आर२५ बाइकमा ड्युल च्यानल एबीएस समावेश गरेको छ भने अन्तरराष्ट्रिय बजारमा उपलब्ध हुनेछैन । सो बाइकले केटीएम आरसी३९० र टीभीएस अपाचे आरआर३१० सँग प्रतिस्पर्धा गर्नेछ ।

Share Page

0 Comments

Write a comment

menu
menu