जापानीज मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी यामाहाले नेपाली बजारमा विभिन्न मोडलका मोटरसाइकल र स्कुटर बिक्री तथा बितरण गर्दै आएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले विभिन्न मोडलका मोटरसाइकल र स्कुटर नेपालमा उपलब्ध गराउदै आएको छ । कम्पनीले यामाहाका दश मोडलका मोटरसाइकल तथा चार मोडलका स्कुटर नेपालमा विक्री गर्दै आएको छ ।
लकडाउनले सेलाएको अटोमोबाइल बजार बिस्तारै उकालो लाग्ने क्रममा रहेको सबै कम्पनीहरुको भनाइ छ । पछिल्लो समय नेपाली बजारमा स्कुटर किन्नेको संख्या बढिरहेको छ । नेपालमा विक्री हुने सबैभन्दा महँगो यामाहाको स्कुटर एनम्याक्स १५५ रहेको छ भने सबैभन्दा कम मूल्यको स्कुटर रे जेड हो । कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गर्दा केही मोडलको मूल्य वृद्धि समेत गरेकाे छ । यस्तो छ सबै यामाहाको स्कुटरको नयाँ मूल्यसूची ।
यामाहा स्कुटरको नयाँ मूल्यसूची:
मोडल | इन्जिन क्षमता | नयाँ मूल्य |
यामाहा रे जेड | ११३ सिसी | रु. २,०९,९०० |
यामाहा रे जेडआर स्ट्रिट र्याली | १२५ सिसी | रु. २,२०,९०० |
यामाहा रे जेडआर ड्रम | १२५ सिसी | रु. २,४९,९०० |
यामाहा रे जेडआर डिस्क | १२५ सिसी | रु. २,६५,९०० |
यामाहा रे जेडआर स्ट्रिट र्याली एफआई | १२५ सिसी | रु. २,७५,९०० |
यामाहा फेसिनो | ११३ सिसी | रु. २,१८,९०० |
यामाहा फेसिनो | १२५ सिसी | रु. २,६५,९०० |
यामाहा एनम्याक्स | १५५ सीसी | रु. ४,६९,९०० |
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।