Home / Blogs / यामाहा एनम्याक्स १५५ नेपाली बजारमा सार्वजनिक

यामाहा एनम्याक्स १५५ नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

यामाहाको इन्डोनेसियन सिरिजको म्याक्सी स्कुटर एनम्याक्स १५५ को नेपाली बजारमा बिक्री प्रारम्भ भएको छ ।  एनम्याक्सलाई नेपालमा एमएडब्लु इन्टरप्राइजेज प्रालिले केही विशेष ग्राहकहरुको मागमा इण्डोनेसियाबाट आयात गरेको हो । विश्वव्यापी रुपमा अत्याधिक लोकप्रिय यामाहा एनम्याक्स, पावर बाइकको र सुविधा स्कूटरको अपेक्षा गर्ने व्यक्तिहरुका लागि एक अत्यन्त उपयुक्त स्कुटर सावित भैसकेको छ । नेपाली सडकमा केही समय देखि परीक्षणको क्रममा रहेको सो स्कुटरको अब औपचारिक रुपमा बिक्री प्रारम्भ गरिएको हो ।

यो सवारीमा पि्रमियम डिजाइन र सुविधाको अनुभव संगाल्न सकिन्छ । यसमा फ्युल इन्जेक्टेड इन्जिनको साथमा यामाहाको अत्याधुनिक प्रविधि ब्लु कोर प्रविधि प्रयोग गरिएको छ । यो नवीनतम डिजाइनको लक्ष्य बाइकको दहन र चिसोपन दक्षता वृद्धि गर्न तथा, साथै सोही समयमा पावर क्षति कम गराउँदै उच्च द्रूत गतिसहितको तीव्र बेग र इन्धनको खपत कम गर्नमा केन्द्रित छ । एनम्याक्स १५५ लाई त्यसप्रकारको स्पोर्टी प्रस्तुतकर्ता बनाउनमा यसमा भएको परिवर्तनशील भल्भ प्रवर्तन (भिभिए) प्रणाली नै यसको एक प्रमुख विशेषता हो ।

यो स्कूटरमा दिइएको स्लीक ढाँचाको स्पोर्टी बनौट र प्रिमियम डिजाइन हाम्रो स्पोर्टी स्कूटरहरुबाट अत्यन्त प्रभावित भएको पाइन्छ । यसको एकीकृत पृष्ठभागको समाप्तीले एनम्याक्स १५५ लाई स्पोर्टी एवं परिष्कृत बनौट प्रदान गरेको छ जबकि यसमा रहेको बूमराङ्ग साइडको परिकल्पना र केन्द्रीय टनेलले यसको मजबुत यामाहा म्याक्स विरासतको उजागर गरिदिन्छ । फोर भल्भ सिलिण्डर हेडले एक विशेष क्यामशाफ्ट प्रयोग गर्दछ जसले इन्जिनलाई न्यून र उच्च इन्जिन गतिहरुमा अझ अधिक दक्षताका साथ संचालन हुन, सबै रेभ दायराहरुमा बलियो तीव्रतापूर्ण बेग दिन,र सँगसँगैं राम्रो इन्धन खपत प्रदान गर्न सक्षम बनाउँछ ।

बलियो र असरदार रोक्ने कार्य प्रदर्शनको लागि एनम्याक्स १५५ मा २३० मिमि प|mन्ट डिस्क र २३० मिमि रियर डिस्क सुसज्जित गरिएको छ जसले सहज ब्रेक लगाउनका लागि पर्याप्त अवसर प्रदान गर्छ । यो उच्च कल्पनाको स्कूटर एबिएस मापदण्डअनुरुप उपलब्ध छ, जसले तपाईंलाई अझ बढी नियन्त्रणयोग्य ब्रेकिङ पावर प्रदान गर्छ र विभिन्न परिस्थितिहरुमा आत्मविश्वास बढाइदिन्छ । सार रुपको एनम्याक्स १५५ अति कसिलो पार्किङ स्थलमा समेत फिट हुनेछ र अझै बाहिरी भागमा सानो भएको हुनाले तपाईंले भित्र चालकको गोडा राख्न र तपाईंको यात्रुको लागि प्रशस्त स्थानसहितको आश्चर्यचकित पार्ने ठाऊँहरु फेला पार्न सकिने छ ।

स्कूटरमा भएको कम तौलको कास्ट एलो १३ इन्चको पाङ्ग्राहरुले यसको स्पोर्टी स्टाइल र पि्रमियम स्पेसिफिकेसन र फराकिलो ११०/७०-१३ को अग्र टायर र ठूलो १३०/७०-१७ को पछाडी टायरको खण्डलाई रेखाँकित गर्दछन् । एनम्याकस १५५ को मुखाकृतिमा जोडी-आँखा एलइडी हेडलाइटको डिजाइन गरिएको छ, जुन तेस्रो केन्द्रीय बत्ति उच्च बीम मोडमा आउँदा कम बीममा देखिन्छ । यसैगरी पृष्ठ भागमा एक स्टाइलिस एलइडि स्टप लाइट छ र पढ्न सजिलो हुने एलसिडि औजारहरु जसमा बार किसिमको इन्धन गज, स्पीडओ, घडी र इन्धन खपत डाटा समेत रहेका छन् ।


 

Our latest comments