Home / Blogs / यामाहाले नयाँ एमटी २५० सीसी नेपाली बजारमा ल्याउदै
  • Upcoming Bikes
  • 0

यामाहाले नयाँ एमटी २५० सीसी नेपाली बजारमा ल्याउदै

Nepal Auto Trader

Share this News

image

जापानी मोटरसाइकल कम्पनी यामाहाले ‘एमटी’ अर्थात् ‘मास्टर अफ टर्क’ सिरिजको उत्पादन सन् २००५ बाट थालेको थियो । यामाहाले नेपाली बजारमा आफ्नो बजार हिस्सा बढाउन सबै किसिमको प्रयास गरिरहेको छ । २०१९ को सुरुवातमा एमटी १५ सार्वजनिक गरेको कम्पनीले यही बर्षको अन्तिमसम्ममा एमटी २५ सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

कम्पनीले ५०० सीसीभन्दा कम क्षमताको हाई पर्फमेन्स प्रिमियम मोटसाइकल सेग्मेन्टमा आफ्नो बजार हिस्सा बलियो बनाउन एमटी २५ नेकेड भर्सन मोटरसाइकल ल्याउन लागेको जनाइएको छ । निकै एग्रेसिभ, सार्प र बोल्ड डिजाइनमा निर्माण भएको यो मोटरसाइकलमा क्र्फ्टेड लुकिङ हेडल्याम्प, फुल्ली डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, आर्कषक फिउल ट्याङ्क दिइएको छ ।

इन्डोनेसियाली बजारमा २०१५ मा सार्वजनिक भएको एमटी २५ मा फरक डिजाइनको हेडलाइट, फेयरिङ (ट्यांक वरपरको एयर स्कुप) र पछाडिको भागमा फरकखाले ‘कावल’ थियो । यसमा २४९ सीसीको प्यारालर ट्विन सिलिन्डर, फोर स्ट्रोक र लिक्विड कुल्ड इन्जिन थियो जसले १२००० आरपीएममा अधिकतम ३६ एचपी पावर र १०००० आरपीएममा २२ एनएम टर्क उत्पन्न गथ्र्यो ।

आरामदायी चालक सिट, स्प्लीट पिलियन सिट, स्प्लीट ग्रयाब रेल, कम्प्याक्ट एण्ड सार्प एलइडी टेललाइट, स्पोर्टी रिम सहितको अलोय ह्वीलजस्ता फिचरले मोटरसाइललाई प्रिमियम बनाएको छ ।  यसले प्रतिलिटर ३० देखि ३५ किलोमिटर माइलेज दिने अनुमान गरिएको छ ।

दुबै चक्कामा डिस ब्रेकसहित आउने यामाहा एमटी २५ मा डबल च्यानल एबीएस दिइएको छ । अगाडि टेलिस्कोपिक फर्क र पछाडि मल्टी स्टेप एड्जस्ट गर्न मिल्ने मोनोसक दिइएको छ । भारतीय बजारमा अनुमान गरेकै समयमा सार्वजनिक भए यो मोटरसाइकल त्यसको केही महिनापछि नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ ।

यामाहाले सन २०१४ मै एमटीको सबैभन्दा कम इन्जिन क्षमता भएको एमटी १२५ बजारमा ल्यायो जुन यामाहा एफजीएफ आर१२५ को नेकेड भर्सन थियो । तर यसको राइडिङ पोजिसन र स्टि्रट फाइटर डिजाइन भने आर१२५ को भन्दा फरक थियो । यसको स्टाइल एमटी ०९ र ०७ बाट प्रभावित थियो । 





Our latest comments