यामाहा मोटर्सले नयाँ इन्जिनसहित नयाँ लुक्समा एमाहाको एमटी–१५ मोटरसाइकल बजारमा ल्याउने तयारी गरेको छ । बीएस ६ इन्जिनमा आइएस फ्ल्युओ भर्मिलियन कलर अप्सनमा उपलब्ध हुने यो मोटरसाइकलमा नयाँ रेड अलोय ह्वील लगाइएको छ । साथै, यसको रियर साइडमा रेडियल टायर लगाइएको कम्पनीले जनाएको छ ।
यो मोटरसाइकलमा उपलब्ध बीएस ६, १५५.१ सीसी एचओएचसी लिक्वीड कुल्ड फोर भल्भ इन्जिनले १०००० हजार आरपीएममा १९.०५ बीएच पावरका साथै ८५०० सय आरपिएममा १४.७ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्सको साथै स्टान्डर्ड स्लिपर क्लच लगाइएको छ । यसको लम्बाई २०२० एमएम, चौडाई ८०० एमएम, १०७० एमएम उचाई रिहेको छ भने १३३५ एमएमको ह्वीलवेश लगाइएको छ ।
एमटी १५ मा अगाडि टेलिस्कोपिक फर्क लगाइएको छ भने, यामाहा आर १५ भी ३.० मा उपलब्ध आलोय ह्वीलका साथै एमआरएफ ट्युबलेस टायर दिइएको छ । मोटरसाइकलमा बक्स टाइप स्विंगआर्मले एल्युनियम युनिट, डेल्टाबक्स फ्रेम, परिमार्जित न्यू बग आई एलइडी हेडल्याम्प, मस्कुलर फ्युल ट्यांक, लोअर टेल सेक्सन, फुल्ली डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ ।
सो बाइकमा डिजिटल स्पिडोमिटर, डिजिटल टेकोमिटर, डिजिटल मल्टी फंक्शन डिस्प्ले, डिजिटल फ्युलगेज, एलईडी हेडलाइट, एलईडी अक्सिलियरी लाइट, सिफ्ट टाइमिङ लाइट, भीभीए इन्डिकेटर, डिजिटल क्लर्क, साइड स्ट्यान्ड इन्जिन कट अफ स्विच, ड्युअल च्यानल एबीएस जस्ता फिचर रहेको छ ।नेपाली बजारमा बिक्री वितरण हुँदै आएको यो मोटरसाइकलको रेगुलर मोडलको मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ रहेको छ । नयाँ इन्जिन युक्त मोटरसाइकलको मूल्य रेगुलर मोडलभन्दा केही महंगो हुनेछ ।
PREVIOUS NEWS