फक्सवागनले इन्डिया २.० प्रोजेक्ट अन्तर्गत पहिलो एसयूभी टाइगुन सार्वजनिक गर्ने भएको छ । टाइगुन पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुनेछ । रिपोर्टका अनुसार सो कार हुन्डाई क्रेटा र किया सेल्टोस भन्दा पनि पावरफुल हुनेछ । टाइगुनको पावरफुल भेरिएन्टमा १४७ बीएचपीको पावर उपलब्ध रहेको छ । हुन्डाई क्रेटा र किया सेल्टोसको पावरफुल भेरिएन्टमा १३८ बीएचपीको पावर भएको १.४ लिटर इन्जिन समावेश रहेको छ ।
नयाँ फक्सवागन टाइगुनमा १.० लिटर, ३ सिलिन्डर टर्बाेचार्ज्ड र १.५ लिटर टीएसआई ईभो गरी दुई पेट्रोल इन्जिनको विकल्प रहेको छ । १.० लिटर भएको इन्जिन एसयूभीको इन्ट्री लेवल र मिड लेवल भेरिएन्टमा उपलब्ध रहेको छ । जबकि १.५ लिटर भएको इन्जिन टाइगुनको टप मोडलमा उपलब्ध रहेको छ ।
टाइगुनको १.० लिटर इन्जिनले ११५ बीएचपीको पावर र २०० एनएमको टर्क जेनेरेट गर्छ । साथै यसमा ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक गियरबक्सको विकल्प रहेको छ ।
१.० लिटर, ३ सिलिन्डर टर्बाेचार्ज्ड पेट्रोल इन्जिन हाल पोलो र भेन्टो कारमा छ । सो इन्जिनले ११० बीएचपीको पावर र १७५ एनएमको टर्क जेनेरेट गर्छ । जबकि १.५ लिटर टीएसआई ईभो पेट्रोल इन्जिन हालै लन्च भएको एसयूभी टी–रकमा दिइएको छ । सो इन्जिनले १४७ बीएचपीको पावर र २४० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ७ स्पिड ड्युअल क्लच अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ ।
PREVIOUS NEWS