Home / Blogs / फक्सवागनको इलेक्ट्रीक एसयूभी ‘आईडी-४’ सार्वजनिक
  • Latest Cars
  • 0

फक्सवागनको इलेक्ट्रीक एसयूभी ‘आईडी-४’ सार्वजनिक

Nepal Auto Trader

Share this News

image

फक्सवागनले इलेक्ट्रीक गाडी उत्पादनलाई आक्रमकरुपमा विस्तार गर्ने योजना अनुसार आईडी ३ कम्प्याक्ट ह्याचव्याकपछि अगामी ७ मार्चबाट सुरु हुने जेनेभा मोटर शो २०२० को पूर्व सन्ध्यामा क्रसओभर एसयूभी आईडी-४ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सो कार २०२० को अन्तसम्ममा लन्च गरिने छ । आईडी क्रस कन्सेप्टमा आधारित आईडी४ शुरुमा रियर ह्विल ड्राइभको साथमा लन्च गरिने छ । पछि अल ह्विल ड्राइभ भर्सनलाई पोर्टफोलियमा जोडिनेछ ।

कम्पनीले यसलाई यसअघि देखाएको आईडी क्रुज कन्सेप्टसँग मोल्दोजुल्दो हुनेगरि तयार गरेको हो । यसलाई यूरोप, चीन र नर्थ अमेरिकी बजारबाट बिक्री सुरु गर्ने घोषणा कम्पनीले गरेको छ । जर्मन कार उत्पादकले यसलाई लङ रेञ्ज एसयूभी भनेको छ । यसलाई एकपटकको फुलचार्जमा ५०० किलोमिटरभन्दा बढी गुडाउन सकिने दाबी कम्पनीको छ । सो कारमा रहेको हाई भोल्टेज व्याट्री अन्डरबडीको बीचमा राखिनेछ । जस्तो कि अन्य एमईबी मोडलेमा हुन्छ । आईडी ४ मा ठूलो इन्टेरियर स्पेस रहेको छ । 

यसमा रहेका अधिकांश फिचरहरु भ्वइस र टच कन्ट्रोलबाट संचालन गर्न सकिने जनाइएको छ । यसलाई विश्वकै पहिलो ‘क्लाइमेट नेचुरल’ एसयूभी भनिएको छ । यसलाई कम्पनीले दुई ड्राइभिङ सिस्टमको साथ ल्याउने जनाएको छ । रियर ह्वील र अल ह्वील ड्राइभ अप्सनमा आईडी-४ पाउन सकिने छ । यो इलेक्ट्रिक ड्राइभ टेक्नोलोजीको साथमा उपलब्ध रहेको छ ।

सो कार फुल्ली डिजिटल ककपिटको साथमा उपलब्ध रहेको छ । साथै यसलाई अपरेट गर्नेको लागि एक टच सर्फेस र इन्टेलिजेन्ट र भ्वाइस कन्ट्रोल पनि समावेश गरिएको छ । कम्पनीका अनुसार आईडी ४ को एरोडायनामिक स्टाइलिङले ड्रयाग गुणांकलाई कम गर्छ ।  फक्सवागन कम्पनीले हाल हाइब्रिड कारको संख्या बढाउने योजना बनाएको छ । कम्पनीको मोडल रेन्जलाई इलेक्ट्रिफाई गर्नको लागि फक्सवागनले १ बिलियन युरो खर्च गरेको छ ।


Our latest comments