नेपालका लागि होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले मोटरसाइकल तथा स्कुटरको नेपाली बजार मूल्य वृद्धि गरेको छ । कम्पनीले केहि दिनअघि मात्रा नयाँ मूल्य सुची आफ्नो आधिकारीक वेभसाइटमा प्रकाशन गरेको थियो । नेपाली बजारमा होन्डाका मोटरसाइकलहरुमा साइन, सिडी ड्रिम, एक्सब्लेड, हर्नेट, एक्स आर, सीबीआर उपलब्ध छन भने स्कुटरमा डिओ, एक्टिभा, एभिएटर, ग्राजिया रहेका छन् ।कम्पनीले यी सबै मोडलहरुमा ३ हजार रुपैयाँले मूल्य वृद्धि गरेको जनाएको छ कोभिड १९ को संक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा स्टील र प्लाष्टिकको मूल्यमा भएको उच्च वृद्धिले गर्दा पनि सबै किसिमका सवारी साधनको मूल्य बढ्दै आएको हो जसको असर नेपाली बजारमा पनि पर्न पुगेको छ । यस्तो छ होन्डा मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्य सुची ।
यस्तो छ होन्डा मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्य:
मोडल | इन्जिन क्षमता | नयाँ मूल्य |
डिओ एसटिडी (स्कुटर) | ११० सिसी | रु. २,०२,९०० |
डिओ डिएलएक्स (स्कुटर) | ११० सिसी | रु. २,१६,९०० |
एभिएटर (स्कुटर) | ११० सिसी | रु. २,१९,९०० |
नाभी ११० (स्कुटर) | ११० सिसी | रु. १,५४,९०० |
एक्टिभा १२५ डिएसएस (स्कुटर) | १२५ सिसी | रु. २,३१,९०० |
एक्टिभा १२५ एसटिडी | १२५ सिसी | रु. २,१८,९०० |
ग्राजिय एसटिडी (स्कुटर) | १२५ सिसी | रु. २,२२,९०० |
ग्राजिया डिएलएक्स (स्कुटर) | १२५ सिसी | रु. २,४२,९०० |
सिबी साइन डिआरएस (मोटरसाइकल) | १२५ सिसी | रु. २,१४,९०० |
सिबी साइन डिएसएस (मोटरसाइकल) | १२५ सिसी | रु. २,२५,९०० |
सिबी साइन एसपी डिआरएस (मोटरसाइकल) | १२५ सिसी | रु. २,३५,९०० |
सिबी साइन एसपी डिएसएस (मोटरसाइकल) | १२५ सिसी | रु. २,४५,९०० |
एक्स ब्ल्लेड (मोटरसाइकल) | १६० सिसी | रु. ३,११,९०० |
सिबी युनिकर्न १५० (मोटरसाइकल) | १५० सिसी | रु. २,६५,९०० |
सिबी युनिकर्न १६० (मोटरसाइकल) | १६० सिसी | रु. २,७४,९०० |
सिबी हर्नेट १६० आर ५आइडी (मोटरसाइकल) | १६० सिसी | रु. ३,१९,९०० |
सिडी ड्रिम डिएलएक्स युगा (मोटरसाइकल) | ११० सिसी | रु. १,८८,९०० |
एक्सआर १५० एल (मोटरसाइकल) | १५० सिसी | रु. ५,३९,९०० |
एक्सआर १९० एच (मोटरसाइकल) | १९० सिसी | रु. ६,३९,९०० |
सिबिआर २५० आर एसटिडी (मोटरसाइकल) | २५० सिसी | रु. ६,७९,९०० |
सिबिआर २५० आर एसटिडी रेप्सोल (मोटरसाइकल) | २५० सिसी | रु. ७,२३,९०० |
सिबिआर २५० आर एबिएस (मोटरसाइकल) | २५० सिसी | रु. ७,७८,९०० |
सिबिआर २५० आर एबिएस रेप्सोल (मोटरसाइकल) | २५० सिसी | रु. ७,९२,९०० |
सिआरएफ २५० एल (मोटरसाइकल) | २५० सिसी | रु. १२,९०,९०० |