बजाज मोटरसाइकलको मूल्य वृद्धि भएको छ । कम्पनीले नयाँ वर्षसँगै आफ्ना सबै मोडलहरुको मूल्य वृद्धि गरेको जनाएको छ । नेपाली बजारमा बजाजका मोटरसाइकल निकै लोकप्रिय छन । नेपालका लागि बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्ना सबै मोडलमा मूल्य वृद्धि गरेको हो । कम्पनीले पछिल्लो समय हरेक महिना मूल्य बढाउँदै आएको छ । पुरानो मुल्यका लागि यो लिंकमा (नेपाली बजार पुरानो मुल्य) क्लिक गर्नुहोस् । कोभिड १९ को संक्रमणपछि बजाजले नेपाली बजारमा सबैभन्दा धेरैपटक मूल्य वृद्धि गरेको छ । नेपाल सरकारले मोटरसाइकलको कर वढाए सगैं बजाजले मोटरसाइकलको मूल्य बढाएको कम्पनिको दाबी छ । बजाज मोटरसाइकलको मोडलहरुको मुल्य यसप्रकार रहेको छ ।
यस्तो छ नयाँ मूल्यसूची:
मोडल | इन्जिन क्षमता | नयाँ मूल्य |
प्लाटिना इएस | १०२ सिसी | रु. १,८५,९०० |
पल्सर २०० एनएस एफआई एबिएस | १९९.५ सिसी | रु. ३,७८,९०० |
पल्सर २०० एनएस एबिएस | १९९.५ सिसी | रु. ३,५२,९०० |
पल्सर १५० टिडी | १४९.५ सिसी | रु. २,८३,९०० |
पल्सर १२५ | १२४.४ सिसी | रु. २,३८,९०० |
पल्सर १६० एनएस | १६०.३३ सिसी | रु. ३,०६,९०० |
पल्सर २२० एफ | २२० सिसी | रु. ३,५०,९०० |
डिस्कभर ड्रम | १२४.४ सिसी | रु. २,००,९०० |
डिस्कभर डिस्क | १२४.४ सिसी | रु. २,०९,९०० |
डिस्कभर एसटी | १२४.४ सिसी | रु. २,२०,९०० |
एभेन्जर २२० | २२० सिसी | रु. ३,५७,९०० |
एभेन्जर १६०स्ट्रिट | १६०.३३ सिसी | रु. ३,३४,९०० |
डोमिनार २५० | २४८.७७ सिसी | रु. ५,०३,९०० |
डोमिनार ४०० | ३७३.३३ सिसी | रु. ५,७८,९०० |
PREVIOUS NEWS