यामाहा कम्पनीले नयाँ मोटरसाइकलको भारतमा ट्रेडमार्क दर्ता गराएको छ । ‘एफजेड-एक्स’ नामबाट नयाँ मोटरसाइकलको ट्रेडमार्क दर्ता गरिएको हो । कम्पनीले दर्ता गरेको एफजेड-एक्स नामलाई हेर्दा, यामाहाले नयाँ एड्भेञ्चर बजारमा ल्याउन लागेको अनुमान पनि गरिएको छ । यो मोटरसाइकल यामाहा डब्ल्यूआर १५५ बाट प्रेरित रहने छ भने एफजेड २५० मा आधारित् हुनेछ । यामाहा एफजेड २५ नेपाली बजारमा २५० सीसीमा सेग्मेन्टमा सर्वाधिक लोकप्रिय रहेको मोटरसाइकल हो ।
यामाहाले एफजेड-एक्समा एक्सटीजेड २५० मा रहेको इन्जिनको प्रयोग गरिने अनुमान गरिएको छ । एफजेड–२५ नेकेड स्ट्रीट फाइटरका रुपमा परिचित रहेको छ । यसको पावर तथा पर्फमेन्सलाई युवा वर्गले मन पराएको पाइन्छ । यसैले कम्पनीले ल्याउने नयाँ मोटरसाइकल विशेषत लामो यात्रा गर्न चाहने राइडरहरुलाई केन्द्रमा राखेर तयार गर्ने छ । यामाहाको सो बाइकमा फ्युल इन्जेक्सन अर्थात एफआई टेक्नोलोजीको साथमा बीएस ६ कम्प्लायन्ट २४९ सीसी एयर कुल्ड, एसओएचसी, ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन समावेश गरिनेछ । सो बाइकमा ड्युअल च्यानल एबीएस समावेश पनि हुने छ ।
PREVIOUS NEWS