Home / Blogs / टाटा नेक्सन ईभी डार्क एडिसन नेपाली बजारमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता
  • Upcoming Cars
  • 0

टाटा नेक्सन ईभी डार्क एडिसन नेपाली बजारमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता

Nepal Auto Trader

Share this News

image

टाटा नेक्सन ईभीको डार्क एडिसन अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारीक वितरक सिप्रद्धी ट्रेडिङले नेक्सन ईभीको डार्क एडिसन चाँडै नेपाली बजारमा सार्वजनिक गरिने जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा केही महिना अघिबाट मात्र विक्री सुरु भएको डार्क एडिसन अबको कही दिनमै नेपाली बजारमा विक्री सुरु हुने कम्पनीले जनाएको छ । टाटा नेक्सन ईभी एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी दुई भेरियन्टमा डार्क एडिसन सार्वजनिक हुनेछ । 


टाटा नेक्सनको डर्क एडिसनमा पनि रेगुलर मोडलको जस्तै ३०.२ किलोवाट आवरको ब्याट्री र पीकपावर ९५ किलोवाट क्षमताको मोटर दिएको छ । एक पटकको फुल चार्जमा यसलाई ३१२ किलोमिटर गुडाउन सकिन्छ भने सो इभी सहरी क्षेत्रमा चलाउदा २१६ किलोमिटर रेञ्ज प्रदान गर्ने देखिएको छ । नेक्सन–इभीको ८० प्रतिशत चार्ज ६० मिनेटमै हुने कम्पनीको भनाइ छ भने जसको लागि डिसीचार्जर प्रयोग गर्नु पर्ने छ । यसमा अनबोर्ड चार्जर भने ३.३ किलोवाट क्षमताको रहने छ । 


टाटा नेक्सन ईभीको लम्बाई ३९९४ एमएम, चौडाई १८११ एमएम, उचाई १६०७ एमएम, २४९८ एमएम ह्वीलवेस र २०५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ३५० लिटर क्षमताको बुट स्पेश दिइएको छ भने यसको वजन भने १४०५ केजी रहेको छ । यसका साथै यसमा टायर प्रेसर मोनिटरिङ सिस्टम, १६ इन्चको अलोय ह्विल, मेमोरी इनेबल मिरर, स्टाइलिस एलईडी ब्रेकलाइट र सिक्वेन्सियल टर्न सिग्नल सहितको एलईडी टेलल्याम्प पाउन सकिन्छ ।  


नेक्सन ईभीको डार्क एडिसनमा सिग्नेचर एलइडी टेलल्याम्प, फ्लोटिङ रुफ, पियानो व्ल्याक ओआरभीएम, रुफरेल, सार्क फिन एन्टेना, बडी कलर डोर ह्याण्डल, हर्मनको ७ इन्च फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनको ८ स्पीकर, स्टेरिङ माउन्ट कन्ट्रोल बटम, ७ इन्चको डिजिटल टिएफटी इन्ट्रुमेन्ट क्लष्टर, र भ्वाइस अलर्ट सिस्टम जस्ता बिशेषता पाउन सकिन्छ । सुरक्षाको लागि सो गाडीमा एयरब्याग, ईबीडी सहितको एबीएस, टच लेन इन्डिकेटर, स्पिड सेन्सिङ डोरलक र एन्टी–थेफ्ट अलार्म जस्ता सेफ्टी फिचर पाउन सकिन्छ । 


टाटा नेक्सन ईभी डार्क एडिसन भएको कारण मिड नाइट ब्ल्याक कलरमा मात्र यो ईभी उपलब्ध रहने कम्पनीले जनाएको छ । टाटा नेक्सन ईभी डार्क एडिसनको नेपाली बजार मूल्य भने तय भएको छैन । टाटा नेक्सन इभीको ब्याट्रीमा ८ वर्ष वा एक लाख साठ्ठी हजार किलोमिटर र गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरको वारेन्टी दिइएको छ । सो इभी लामो दुरीको लागि उपयुक्त रहेको कम्पनीको दाबी छ  ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।





Our latest comments