Home / Blogs / एसयूभी स्कोडा कुशाकको नेपालमा बुकिङ खुल्ला
  • Upcoming Cars
  • 0

एसयूभी स्कोडा कुशाकको नेपालमा बुकिङ खुल्ला

Nepal Auto Trader

Share this News

image

स्कोडाको बहुप्रतीक्षित एसयूभी कुशाक अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ ।  नेपालका लागि  स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपालमा पनि सो एसयूभीको बुकिङ खुल्ला गरेको छ । नेपालमा कुशाकलाई साउनबाट विक्री सुरु गर्ने योजना सहित कुशकको बुकिङ खुल्ला गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सो एसयूभी १ लाख रुपैयाँ तिरेर बुक गर्न सकिने छ । नयाँ एसयूभी फक्सवागनको एमक्युबी–एओ–आईएन प्लेटफर्ममा निर्माण भएको हो । 


कुशक स्कोडा १.० लिटरको टिएसआई पेट्रोल इन्जिनमा नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ जुन इन्जिनले ११५ बीएचपी पावर र १७ ८ एनएम टर्क उत्पन्न गर्छ । कुशक म्यानुयल र अटोमेटिक दुवै गियरबक्समा उपलब्ध हुनेछ । कुशाक एमक्युबी एओ आईएन प्लेटफर्ममा निर्माण गरिएको एसयूभी हो जुन ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो छ । साथै यसको ह्विलबेस २६५१ एमएम छ भने १८८ एमएमको ग्राउन्ड क्लेरेन्स  रहेको छ ।


बिशेषताका लागि कुशकमा टु-स्पोक स्टेरिङ ह्वील, इलेक्ट्रीक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जिङ, टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, मल्टिफंक्सन स्टेरिङ, हिल्ड होल्ड कन्ट्रोल, किलेस इन्ट्रि स्टार्ट एन्ड एक्जिट सिस्टम दिईएको छ । सुरक्षाका लागि कुशकमा ६ वटा एयरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटोहेडल्याम्प एन्ड वाइपर, मल्टि कोलिजन ब्रेकिङ सिस्टम टायर प्रेसर मनिटरिङ र हिल्ड होल्ड कन्ट्रोल दिइएको छ भने यसमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक रहनेछ ।


नयाँ कुशक नेपाली बजारमा तीन भेरियन्ट एम्बिसन, एक्टिभ र स्टाइलमा उपलब्ध हुने छ । सो एसयूभी पाँच कलर अप्सनमा उपलब्ध हुनेछ क्यान्डि ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टोर्नेडो रेड । नयाँ कुशाकको नेपाली मूल्य ५० देखि ६५ लाख रुपैयाँको बीचमा रहने अनुमान गरिएको छ । नेपाली बजारमा कुशाकको प्रतिस्पर्धा हुन्डाई क्रेटा र किया सेल्टोससँग हुनेछ । सो एसयूभी बुकिङका लागि स्कोडा नेपालको वेबसाइटमा क्लिक गर्न सकिन्छ । 




 

Our latest comments