कोरियन कार निर्माता कम्पनी साङयोङको ‘अल न्यू’ मुसो ग्रान्ड पिकअप नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि साङयोङको आधिकारिक बितरक आइएमएस मोटर्सले अल न्यू पिकअपको बुकिङ समेत खुल्ला गरिसकेको जनाएको छ । बुकिङको अन्त्य पछी नै साङयोङको ‘अल न्यू’ मुसो ग्रान्ड पिकअप नेपाली बजारमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । साथै अप्रिल १३ गतेभित्र बुकिङ लिइसक्ने ग्राहकले अग्रिम बुकिङ वापत केही रकम छुट समेत पाइने कम्पनीको भनाई छ ।
साङयोङको अल न्यू मुसो ग्रान्ड नयाँ पिकअपमा यूरो ६, २.२ लिटर, ४ सिलिन्डर, इन्लाइन डिजेल इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम १८१ पिएस पावर र ४०० एनएम टर्क जेनेरेट गर्दछ । फोर ह्विल ड्राइभ रहेको सो गाडीमा ६ स्पिड म्यानुअल ट्रान्समिसन दिइएको छ । मुसोको लम्बाई ५४०५ एमएम, चौडाई १९५० एमएम, उचाई १८५५ एमएम, ३२१० एमएम ह्वीलवेस र २२५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा १२६२ लिटर क्षमताको बुट स्पेश र ७५ लिटरको इन्धन ट्याङ्की रहेको छ । यसको वजन भने २२०२ केजी रहेको छ ।
नयाँ पिकअपमा एलइडी फग ल्याम्प सहितको एचआइडी हेडल्याम्प, क्रोम्ड रेडियटर ग्रिल, व्ल्याक्ड आउट डोर ह्यान्डल, रुफ रेल, सार्क फिन एन्टिना, एलोई ह्विल्स, प्रिमिय लेदर सिट, ७ इन्चको एलसिडी क्लस्टर र ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जस्ता बिशेषता पाउन सकिन्छ । सुरक्षका लागी यसमा ६ वटा एयर ब्याग, ट्रयाक्सन कन्ट्रोल, अटोनोमस इमर्जेन्सि ब्रेकिङ, लकिङ डिफ्रेन्सियल, हिल स्टार्ट एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, इमर्जेन्सि स्टप सिग्नल र लेन चेन्ज कोलिजन वार्निङ जस्ता फिचर उपलब्ध रहेका छन् ।
साङयोङको अल न्यू मुसो ग्रान्ड नयाँ पिकअपको नेपाली बजार मुल्य ८५ लाख रुपैयाँ निर्धारण गरिएको छ । सो पिकअप गाडीमा कम्पनीले १ लाख ५० हजार रुपैयाँ बराबरको निशुल्क एसेसोरिज तथा ८५ हजार रुपैयाँको इन्सुरेन्स र १ लाख रुपैयाँ नगद छुट दिने जनाएको छ । सो गाडीमा १ लाख रुपैयाँ अतिरिक्त छुट समेत पाइने कम्पनीले जनाएको छ । अल न्यू मुसोले नेपाली बजारमा उपलब्ध सबैजसो प्रिमियम रेन्जका पिकअपसंग सिधा प्रतिस्पर्धा गर्ने छ । यसमा ५ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी उपलब्ध रहने अनुमान गरिएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।