Home / Blogs / हार्लेको सानो बाइक एचडी ३३८ अब छिट्टै सार्वजनिक हुने
  • Upcoming Bikes
  • 0

हार्लेको सानो बाइक एचडी ३३८ अब छिट्टै सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

हार्ले डेभिडसनको सानो बाइक एचडी ३३८ का केही फोटोहरु अनलाइन मार्फत लिक भएका छन । सो मोटर बाइक अब छिट्टैनै बजारमा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।   रिपोर्टका अनुसार कम्पनीले सो बाइक नाफामूलक उद्देश्यका साथ उत्पादन गरेको अनुमान गरिएको छ । नेपाली बजारमा पनि सो बाइकको आगमन हुने छ ।

हार्ले डेभिडसनले गएको वर्ष चिनियाँ कम्पनी क्विन्जियाङसँग साझेदारीमा सानो बाइक उत्पादन गर्ने घोषणा गरेको थियो । क्विनजियाङ अर्को मोटरसाइकल कम्पनी बेनेली ब्रान्डकै स्वामित्वमा समेत रहेको छ । यसका कारण एचडी ३३८ को डिजाइन पनि बेनेली ३०२एस सँग मिल्दोजुल्दो छ । यी दुई कम्पनीको साझेदारीमा एचडी ३३८ कोड नामको बाइक उत्पादन भएको हो जसलाई छिट्टै बजारमा उतारिने छ ।

सो बाइक एचडी ३३८ मा ट्वीन सिलिन्डर इन्जिन समावेश गरिएको छ र यसको डिजाइन अलि चौडा रहेको छ । सो बाइकमा ३५३ सीसीको इन्जिन समावेश गरेको छ जसले ३५ देखि ४० बीएचपीको पावर जेनेरेट गर्ने अनुमान गरिएको छ । हार्लेको एचडी ३३८ बाइक सन २०२१ को  जुन वा जुलाईमा चीनमा सार्वजनिक  गर्ने सम्भावना रहेको छ । 

नेपाली बजारमा समेत हार्लेका बाइकहरु उपलब्ध छन् ।  मुल्य धेरै महँगोका कारणले सो बाइक एकदम कम देख्न पाईन्छ । यदि सस्तो मूल्यमा उपलब्ध हुने हो भने नेपाली बजारमा पनि सो बाइक आउने अनुमान गर्न सकिन्छ ।


Our latest comments