Home / Blogs / रेनोकाे किगर सार्वजनिक; नेपालमा पनि छिट्टै उपलब्ध हुने
  • Upcoming Cars
  • 0

रेनोकाे किगर सार्वजनिक; नेपालमा पनि छिट्टै उपलब्ध हुने

Nepal Auto Trader

Share this News

image

रेनोले किगर सब फोर मिटर एसयूभी सार्वजनिक गरेको छ । बी–एसयूभी सेगमेन्टमा रहने सो कारमा १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन र १.० लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन दिइने कम्पनिले जनाएको छ  । विशेषत युवा पुस्तालाई ध्यानमा राखेर सार्वजनिक गरिएको सो कार नेपाली बजारमा पनि छिट्टै उपलब्ध हुने कम्पनीको दाबी छ  । कम्पनीले भारतबाट यसको ग्लोवल प्रिमियर गरेको हो । 


दुई इन्जिनमा उपलब्ध हुने रेनो किगरले १०० र ७२ पीएस पावर तथा १६० र ९२ एनएम टर्क जेनेरेट गर्ने कम्पनिको भनाइ छ । ग्राहकले सो कारमा ५–स्पिड म्यानुअल, ५–स्पिड अटोमेटिक र सीभीटी ट्रान्समिसनको विकल्प प्राप्त गर्न सक्ने छन् । यसको डिजाइन रेनोका अन्य गाडी जस्तै मिल्दोजुल्दो छ । यसमा फंक्सनल रुफ रेल, १६ इन्चको अलोय ह्विल र सी–आकारको टेलल्याम्प उपलब्ध छ ।  त्यसैगरी यसको ग्राउन्ड क्लियरेन्स २१० एमएम छ । यसको लम्बाई ३.९१ मिटर छ भने ह्विलबेस २.५ मिटर रहेको छ ।




किगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, रेनोको सिग्नेचर ग्रिल, १६ इन्चको नयाँ डायमन्ड कट अलोय ह्वील, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर पाउन सकिन्छ । कम्पनीले यसमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ जसमा एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । सो कार विभिन्न ६ फरक कलर भेरियन्टमा उपलब्ध हुने छ । 


नेपाली बजारमा उपलब्ध हुन्डाई भेन्यू, फोर्ड इकोस्पोर्ट, मारुती सुजुकी ब्रेजा, टाटा नेक्सन, एक्सयूभी ३०० र निसान म्याग्नाइट जस्ता कारसँग  यसको सिधा प्रतिस्पर्धा हुने छ । यसको मूल्य र अन्य जानकारी भने अहिले सार्वजनिक गरिएको छैन । नेपाली बजारमा पनि सो एसयूभी छिट्टै नै उपलब्ध हुने रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सको भनाइ छ । यही वर्षको अन्त्य सम्म सो एसयूभी नेपालमा सार्वजनिक हुने अनुमान गरिएको छ ।

Our latest comments