Home / Blogs / रेनो डस्टर बीएस ६ अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुँदै; खुल्यो बुकिङ
  • Upcoming Cars
  • 0

रेनो डस्टर बीएस ६ अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुँदै; खुल्यो बुकिङ

Nepal Auto Trader

Share this News

image

नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले रेनो डस्टर बीएस ६ अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले  रेनो डस्टर बीएस६ को बुकिङ खुला गरेको पनि जनाएको छ । पहिले देखि नै नेपाली बजारमा बिक्री हुँदै आएको रेनो डस्टर अब बीएस ६ इन्जिनमा सार्वजनिक हुन लागेको हो । सो गाडी अब केही दिन भित्रै नेपाली बजारमा सार्वजनिक हुने कम्पनीले जनाएको छ भने यसको मूल्य पनि नबढाइने बताइएको छ ।


नयाँ बीएस ६ रेनो डस्टरमा १.५ लिटर पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले १०६ एचपी पावर र १४२ एनएम टर्क जेनेरेट गर्दछ । म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुने सो गाडीमा ५ स्पिड म्यानुअल गियरबक्स रहेको छ । डस्टरमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक रहेको छ र अलोय हृवीलसमेत रहेको छ । सो कारमा एबीएस समेत रहेको छ । यसैगरी एसयूभीको लम्बाई ४३६० एमएम,चौडाइ १८२२ एमएम, ह्वीलबेस २६७३ एमएम तथा २०५ एमएमको ग्राउण्ड क्लिएरेन्स रहेको छ । 


 नयाँ रेनो डस्टरमा एलईडी डीआरएल र प्रोजेक्टर हेडल्याम्प दिइएको छ । यसमा स्टीरिङ अडियो र फोन नियन्त्रण गर्ने, गियर रिडिङ ल्याम्प र जीपीएस नेभिगेसन, एयर कन्डिसनर, हिटर, स्टेरिङ एडजस्टमेन्ट, स्टेरिङ माउन्ट अडियो, पवर सप्लाई पोर्ट, रियर आर्मरेष्ट, इलेक्ट्रीकल्ली एडजस्टेवल रियर भ्यू मिरर जस्ता विशेषता दिइएको छ । नयाँ सिट फेब्रिक, अपडेटेड इन्फोटेन्टमेन्ट सिस्टम, लगाएतका फिचर्स रेनोमा पाउन सकिन्छ । सुरक्षाको लागि यसमा डुअल फ्रन्ट एयर ब्याग, स्पीड वार्निङ, र एबीएस सबै भेरियन्टमा समावेस हुने कम्पनीले जनाएको छ ।


बीएस–६ मापदन्ड अनुरुपको इन्जिन लगाइएको रेनो डस्टरको नेपाली बजार मुल्य पनि निश्चित गरिएको छ । नयाँ रेनो डस्टर आरएक्सएसको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने आरएक्सजेडको मूल्य ५० लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सन् २०१६ देखि नेपाली बजारमा डस्टर बिक्री वितरण हुँदै आएको छ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।





 


Our latest comments