ओवेन अर्थात भारतको बैंगलोर बेस स्टार्टअप कम्पनीले नयाँ इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले ‘ओवेन रोर’ नामक गरेको इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको हो । ओवेन रोर इलेक्ट्रीकले मोटरसाइकल नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुने कम्पनीले जनाएको छ । फ्युचरस्टीक डिजाइनमा तयार पारीएको सो इलेक्ट्रीकले मोटरसाइकल मूल्यका हिसावले पनि निकै किफायती रहने छ । पहिलो चरणको ओवेन रोर भारतबाट विक्री सुरु गरिएको छ ।
ओवेन रोर इलेक्ट्रीक मोटरसाइकलमा ४.४ किलोवाट क्षमताको ब्याट्री प्याक दिइएको छ । ब्याट्री कुलिङ प्रविधि (एमएचएक्स) प्रयोग गरिएको सो मोटरसाइकलले ६२ एनएम टर्क प्रदान गर्नेछ । सो इलेक्ट्रीक मोटरसाइकलले फुल चार्जमा १५० किमि रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा दिइएको ब्याट्रीलाई १५ एएमपी प्लगबाट चार्ज गर्दा २ घण्टामा फुल चार्ज गर्न सकिनेछ । १०० किलोमिटर प्रतिघन्टा टप स्पीड रहेको यो मोटरसाइकल ०-४० को स्पीड मात्र ३ सेकेन्डमा पुरा गर्छ ।
ओवेन रोरको अगाडि टेलिस्कोपिक सस्पेन्सन र पछाडि मोनोसक सस्पेन्सन दिइएको छ भने ब्रेकिङ सेटअपमा दुबै तर्फ डिस्क ब्रेक दिइएको छ । सो मोटरसाइकलमा २३० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यो मोटरसाइकलमा राउण्डसेप एलइडी हेडल्याम्प, इन्टिग्रेटेड गोलाकार एलइडी डिआरएल, स्प्लीट सिट, स्प्लीट ग्रयावरेल, अलाय ह्वील, एलइडी इन्स्ट्रुमेन्ट कन्सोलका साथै कनेक्टिभिटी फिचर जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । कम्पनीले ओवेन रोरमा तीन राइडिङ मोड दिएको छ ।
‘ओवेन रोर’ इलेक्ट्रीक मोटरसाइकल अब नेपाली बजारमा छिट्टै सार्वजनिक हुने कम्पनीले जनाए पनि यसको नेपाली बजार मुल्यको बारेमा भने कुनै विवरण दिएको छैन । कम्पनीले ९९ हजार एक्स-शोरुम मूल्य तोकेर ‘ओवेन रोर’ इलेक्ट्रीक मोटरसाइकल भारतमा सार्वजनिक गरेको हो । कम्पनीले यसको ब्याट्री र इलेक्ट्रिक मोटरमा वारेन्टी उपलब्ध गराउने जनाएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।