Home / Blogs / निसानको इलेक्ट्रिक कार लिफ अब नेपाली बजारमा; बुकिङ खुल्ला
  • Upcoming Cars
  • 0

निसानको इलेक्ट्रिक कार लिफ अब नेपाली बजारमा; बुकिङ खुल्ला

Nepal Auto Trader

Share this News

image

नेपालका लागि निसानको आधिकारीक वितरक पायोनियर मोटोकर्पले नेपाली बजारमा निसान लिफ इलेक्ट्रिक कार भित्रिएको जानकारी दिएको छ । पायोनियरले निसानको पहिलो विद्युतीय कार लिफको नेपाली बजार मूल्य ५९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला गरेको हो । इलेक्ट्रिक कार लिफ २ लाख रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । एक भर्चुअल लाइभ कार्यक्रममार्फत पायोनियर मोटोकर्पले सो घोषणा गरेको हो ।


निसान लिफ एउटा मात्रै भेरियन्टमा नेपाल आउने छ जसमा ४० किलोवाट आवरको व्याट्री र ११० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको हुनेछ  । सो विद्युतीय कार लिफलाई एक पटकको फुल चार्जमा ३६३ किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ । सो कारमा व्याट्री बचतको लागि विभिन्न तीन ड्राइभिङ मोड उपलब्ध रहेको कम्पनीले जनाएको छ । ईको मोडमा कार चलाउदा सामान्यभन्दा १० प्रतिशत बढी रेञ्ज आउने कम्पनीले जनाएको छ ।


अधिक हर्सपावर र टर्क सहित आउने निसान लिफमा आधुनिक टेक्नोलोजी र फिचरहरु छन । यसमा दिइएको व्याट्रीलाई घरायसी विद्युतवाट चार्जरले चार्ज गर्दा करिब १६ घन्टा लाग्ने छ भने, ६ किलोवाट चार्जर प्रयोग गर्दा ८ घन्टामा फुलचार्ज गर्न सकिने छ । यसलाई डिसी फास्ट चार्जरले चार्जगर्दा ८० प्रतिशतसम्म चार्ज गर्न ६० मिनेट लाग्ने कम्पनीले जनाएको छ । सो कारमा अत्याधुनिक ई–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ ।


निसान लिफ इलेक्ट्रिक कार मध्य सबैभन्दा सुरक्षित इलेक्ट्रिक कार मानिन्छ । नेपाली बजारमा निसान लिफको बुकिङ प्रारम्भ हिजोबाट मात्रै भएको हो । निसान लिफको प्रारम्भिक नेपाली बजार मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने यसमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर गुड्दा सम्म ब्याट्री र अन्य वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ । निसान लिफ नेपाली बजारमा जापनिज प्रविधियुक्त एक मात्र इलेक्ट्रिक गाडी हुने छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments