निसान लिफ इलेक्ट्रिक कार नेपाली बजारमा आगामी मार्च महिनामा सार्वजनिक हुने भएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले सो कार नेपाली बजारमा ल्याउने जानकारी पनि दिएको छ । निसान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ बिद्युतीय गाडी हो । हालै नेपाल सरकारले बिद्युतीय सवारीको करलाई पुनरावलोकन गर्ने व्यवस्था पनि गरेको छ । यसलाई मध्य नजर गर्दै निसानको ‘लिफ’ गाडी सार्वजनिक गरिने पायोनियर मोटोकर्पले बताएको छ । निसान लिफ संसारभर २ लाख ५० हजार युनिटभन्दा बढी बिक्री भैसकेको छ ।
निसान लिफले विश्वकै सर्बाधिक सुरक्षित इलेक्ट्रिक कारको उपाधि प्राप्त गर्नुका साथै सो कार ले युरो एनसीएपी क्र्यास टेष्टमा पुरा अर्थात ५ स्टार सेफ्टी रेटिङ पनि पाएको थियो । निसान लिफ सन् २०१० को डिसेम्बरमा पहिलो पटक जापानमा सार्वजनिक भएको थियो । उत्कृष्ट फिचरहरु र लोकप्रिय लुक भएको निसान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारीको रुपमा परिचित छ । अधिक हर्सपावर र टर्क सहित आउने निसान लिफमा मोडेर्न टेक्नोलोजी र उत्कृष्ट फिचरहरु पनि उपलब्ध छन । यो गाडी बिद्युतीय गाडीको बजारमा ग्लोबल लिडर पनि बन्न पुगिसकेको छ।
निसान लिफमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ । उक्त मोटरले २१४ बीएचपी पावर प्रदान गर्छ भने एक पटकको पूलचार्जमा ३६३ किलोमिटर रेन्ज प्रदान गर्ने बताइएको छ । ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने सो गाडीमा ४० किलोवाटको लिथियम आयोन ब्याट्रीको प्रयोग गरिएको छ । यस गाडीमा अत्याधुनिक ई–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ । नेपाली बजारमा यसको मूल्य र आधिकारिक फिचर भने पछि नै थाहा हुनेछ । निसानको ‘लिफ’ गाडी २०२१ साल अप्रिलमा सार्वजनिक गरिने पायोनियर मोटोकर्पले बताएको छ ।
PREVIOUS NEWS