Home / Blogs / व्यापक परिमार्जन सहीत् नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० आउँदै
  • Upcoming Bikes
  • 0

व्यापक परिमार्जन सहीत् नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० आउँदै

Nepal Auto Trader

Share this News

image

रोयल इन्फिल्ड बाइक मात्र होइन, ‘स्टाइल’ हो, ‘ब्रान्ड’ हो। अलि बढी पैसा तिर्न सक्ने क्षमता र ‘क्लासिक’ मनपराउने बाइक पारखीका रोयल इन्फिल्ड सधैं पहिलो रोजाइमा पर्छ। रोयल इन्फिल्डले बाइकहरुमा कमै मात्र अपडेट गर्ने गरेको पाइन्छ । क्लासिक ३५०, भारतमा लागु हुने नयाँ इमिशन मापदन्ड बीएस ६ अनुरुपको इन्जिन, परिवर्तीत गियरबक्स र सुधारिएको लुक्समा आउने भएको हो । यसको परिमार्जित संस्करण २०२० ले पनि उत्कृष्ट बजार पाउने कम्पनीको अपेक्षा छ ।

अपकमिङ क्लासिक ३५० रेगुलर मोडलभन्दा आकर्षक स्टाइलमा आउने छ । यसको अग्र भागमा फरक खालको राउन्ड हेडल्याम्प लगाइने छ भने, नयाँ शोरुपको एलइडी हेडल्याम्प जडान गरिने छ । यसमा परिमार्जित तथा आकारमा केही ठूलो साइजको इन्धन ट्यांकी दिने बताइएको छ । यसले मोटरसाइकलको यात्रा गर्ने दुरी बढाउने कम्पनीले दाबी गरेको छ ।  यसमा स्पोर्टी लुक्सको नयाँ रियर ग्राब रेल र नयाँ एलइडी टेलल्याम्प लगाइने छ ।

रोयल इनफिल्ड क्लासिक ३५०सीसीको इन्जिन, हेडलाईट क्यासिङ्ग, फ्युल ट्याङ्क, डुअल डिस्क ब्रेक, ओभल टुलबक्स, एक्सहसष्ट फाइनस्, स्पिडो मिटर डायलस्, सिंगल सिट स्प्रिङ, स्याडल टेल लाइट एसेम्ब्री र हेडलाईट क्याप सहित उपलब्ध छ । अपकिमंङ क्लासिक ३५० मा पुरानो मोडलमा भएको लो हाइ बीम र पास स्विचलाई रिप्लेश गर्दै रोटेटरि डायल लगाइने छ । स्विच स्टार्ट गर्न सहज होस भनेर राइट ह्यान्ड साइडमा रोटेटरि स्विच गियर जडान गरिने छ । यसमा परिमार्जित इन्स्ट्रुमेन्ट क्लस्टर, एनालग स्पिडोमिटर युनिट जडान गरिने छ । स्पिडोमिटरको तल नयाँ डिजिटल स्क्रिन लगाइने छ । 

रोयल इनफिल्ड ३५० सीसी क्लासिक नेपाली युवाहरुको ड्रिम र अत्यन्त लोकप्रिय ब्राण्ड हो ।यसमा सिंगल डाउन ट्युब फ्रेम र नयाँ डबल क्रेडल फ्रेम लगाइने छ । नयाँ फ्रेमले ह्यान्डलिङलाई थप सहज बनाउने छ । यसको फ्रन्टमा ३७ एमएमको टेलिस्कोपिक फर्क र रियरमा ग्यास चार्ज सक याब्र्जबर जोडिने छ । दुबै साइडमा डिस्क ब्रेकको सुविधा दिइने बाइकमा डबल च्यानल एबीएसको विशेषता समेटिने छ । 

यसमा उपलब्ध नयाँ इन्जिनले उत्कृष्ट आउटपुट दिने छ । ३७५ सीसीको इन्जिनले पुरानो मोडलमा उपलब्ध इन्जिनको तुलनामा बढि पावर प्रदान गर्ने कम्पनीले जनाएको छ । रेगुलर मोडलमा उपलब्ध ३४६ सीसीको एयरकुल्ड इन्जिनले २० पीएस पावरका साथै २८ एनएम टर्क उत्पादन गर्छ ।  रोयल इनफिल्ड कम्पनीले आफ्ना ग्राहकहरुको मागलाई पूूर्तिगर्न दू्रतगतिका साथ उत्पादन बढाईरहेको छ । रोयल इनफिल्ड विगत ५ वर्ष देखि ४० प्रतिशतका दरले बृद्धि हासिल गरिरहेको छ । 

Our latest comments