Home / Blogs / केटीएम ३९० एड्भेन्चरको २०२२ मोडल सार्वजनिक; नेपालमा पनि छिट्टै आउने
  • Upcoming Bikes
  • 0

केटीएम ३९० एड्भेन्चरको २०२२ मोडल सार्वजनिक; नेपालमा पनि छिट्टै आउने

Nepal Auto Trader

Share this News

image

केटीएमले ३९० एड्भेन्चरको २०२२ भर्सन बजारमा सार्वजनिक गरेको छ । सो मोटरबाइक नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुने अनुमान गरिएको छ । केटीएमले ३९० एड्भेन्चरमा सामान्य परिमार्जन गर्नुका साथै ग्राफिकमा पनि नयाँ अवातर दिएको छ । नेपालका लागि केटीएमको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले २०२२ मोडल केटीएम ३९० एड्भेन्चर अब नेपाली बजारमा अब छिट्टै भित्रिने जनाएको छ । एड्भेन्चर यात्रा र शहरको दैनिक जीवनमा राइडिङको मजा लिनको लागि ३९० एड्भेन्चर एक उपयुक्त मोटरबाइक रहेको कम्पनीको भनाइ छ ।


नयाँ केटीएम ३९० को ट्रयाक्सन कन्ट्रोल परिर्वतन गरिएको छ । सो मोडलमा स्ट्रीट र अफरोड गरी दुई मोडमा ट्रयाक्सन कन्ट्रोल दिइएको छ । चालकको आफ्नो आवश्यकता अनुसार मोड परिर्वतन गर्न सक्ने कम्पनीले जनाएको छ । यसको अलाय ह्वील पनि परिर्वतन गरिएको छ । यसअघिको मोडलमा १२ स्पोक अलाय ह्वील रहेको थियो भने नयाँ मोडलमा ५ स्पोक अलाय ह्वील दिइएको छ । सो बाइकमा ठूलो इन्धन ट्यांक र सजिलो सवारी सुनिश्चित गर्न विन्ड प्रोटेक्सनको व्यवस्था गरिएको छ । 


केटीएम ३९० एड्भेन्चर मोटरसाइकलमा  ट्राक्याक्सन कन्ट्रोल, कर्नेरिङ एबीएस, क्वीकशिफ्टर, टर्न–बाइ–टर्न न्याभिगेशनको लागि स्मार्टफोन कनेक्टीभिटी र फूल–कलर टीएफटी डिस्प्ले जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । यो बाइकमा नयाँ एयरबक्स, नयाँ स्टिफर, हलुका स्प्लिट स्टिल फ्रेम, नयाँ कर्भड रेडियटर, एडजस्टेवल ह्यान्डलबार, नयाँ एलसीडी क्लष्टर, नयाँ डिजाइन एलइडी हेडल्याम्प र लेजर टेक्स्चर सहितको विन्डस्क्रिन जस्ता फिचर्स थप गरिएको छ ।


केटीएम ३९० एड्भेन्चर मोटरसाइकलमा ३७३ सीसी अत्याधुनिक डिओएचसी सिंगल सिलिन्डर, इएफआई इन्जिन दिइएको छ जुन इन्जिनले ४३ बीएच पावर तथा ३७ एनएम टर्क जेनेरेट गर्छ । यसमा केटीएम ३९० ड्युकमा प्रयोग भएको इन्जिन रहेको छ ।  यसको लम्बाई २१५४ एमएम, चौडाई ९०० एमएम, उचाई १४०० एमएम, ग्राउण्ड क्लियरेन्स २०० एमएम र १४३० एमएमको ह्वीलवेस रहेको छ । यसको वजन १६२ केजी रहेको छ । सो मोटरसाइकलमा अगाडि ३२० एमएम र पछाडि २३० एमएम डिस्क ब्रेक दिइएको छ ।


२०२२ मोडल ३९० एड्भेन्चरको नेपाली मूल्य १० लाख माथि हुने अनुमान गरिएको छ । हाल विक्री हुँदै आइरहेको ३९० एड्भेन्चरकोको नेपाली मूल्य ९ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ । यो मोटरसाइकलले नेपाली बजारमा बिएमडब्ल्यू जि ३१० जिएससँग प्रतिस्पर्धा गर्नेछ ।  


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



 

Our latest comments