Home / Blogs / टाटाको माइक्रो एसयूभी पन्च नेपाली बजारमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता
  • Upcoming Cars
  • 0

टाटाको माइक्रो एसयूभी पन्च नेपाली बजारमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता

Nepal Auto Trader

Share this News

image

टाटाको माइक्रो एसयूभी पन्च अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालको लागि टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले पन्च केही महिना भित्रै नेपाली बजारमा सार्वजनिक हुने जनाएको छ । सो माइक्रो एसयूभी टाटाको सबैभन्दा सानो एसयूभी हुनेछ । टाटा पन्चको आधिकारीक विक्री भने सन् २०२३ को मध्यमबाट सुरुवात गरिने अनुमान गरिएको छ । एचबीएक्स कन्सेप्टमा आधारित सो माइक्रो एसयूभीको मूल्य पनि धेरै महँगो नहुने कम्पनीले जनाएको छ । 


टाटा पन्च दुई इन्जिन अप्सनमा नेपाली बजारमा उपलब्ध हुने छ । टाटा पन्चमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स रहेको छ । पन्च एसयूभीमा १६ इन्चको स्टाइलिस ह्विल दिइएको छ भने सो एसयूभी टाटाको इम्प्याक २ डिजाइन ल्याङवेजमा आधारीत अल्फा प्ल्याटफर्ममा रहेको छ । कम्पनीले यसमा आइडल स्टार्ट स्टप फङसन उपलब्ध गराएको छ जसले माइलेज बढाउनमा मद्दत गर्नेछ ।


टाटा पन्च को लम्बाई ३८२७ एमएम, चौडाई १७४२ एमएम, उचाई १६१५ एमएम, २४४५ एमएम ह्वीलवेस र १८७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ३६६ लिटर क्षमताको बुट स्पेश र ३७ लिटरको इन्धन ट्याङ्की रहेको छ । सो कारले १८.८२ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । यसको वजन भने १०३५ केजी रहेको छ भने यसले १३.३ सेकेन्डमा १६० किलोमिटर प्रतिघण्टाको गति बढाउने क्षमता राख्छ ।     


माइक्रो एसयूभी पन्चमा सबै एलइडी लाइट, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, ९० डिग्रीमा खुल्ने ढोका, थ्री स्पोक फ्ल्याट बटम स्टेयरिङ ह्विल, अटोमेटीक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, रिभर्स क्यामेरा र सेन्सर, डिजिटल टेकोमिटर र एनालग स्पिडोमिटरका साथ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता धेरै फिचरहरु उपलब्ध छन् । साथै यसमा स्प्लीट हेडल्याम्प, ह्युम्यानीटी लाइनको ग्रिल, अगाडिको बम्परमा स्कीडप्लेट, बडी क्लाडिङ र ठूलो साइजको टायर देख्न सकिन्छ ।   


त्यस्तै सुरक्षाका लागि सो एसयूभीमा दुई एयरव्याग, पुस बटम स्टार्ट/स्टप बटम, एबीएस, इबीडी, इएससी, कुल्ड ग्लोबबक्स, क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, लेन डिपार्चर वार्निङ, व्लाइन्ड स्पट इन्फर्मेशन सिस्टम, इन्टेलिजेन्ट हाई बीम कन्ट्रोल, टायर प्रेसर मोनिटर, अटो पार्क एसिस्ट अटो फोल्डिङ ओआरभीएम, लेदर र्याप स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ । यसले पनि ग्लोबल क्र्यास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।


नेपाली बजारमा टाटा पन्च एसयूभीको सुरुवाती मूल्य ४० लाख रुपैयाँ हुने अनुमान गर्न सकिन्छ । टाटा पन्च एसयूभी अन्तर्राष्ट्रिय बजारमा विभिन्न ४ भेरियन्टमा उपलब्ध रहेको छ भने नेपाली बजारमा कति भेरियन्ट आउने छ भन्ने विषयमा भने कम्पनीले कुनै जानकारी दिएको छैन । यसको मुल्यको जानकारी पनि छिट्टै सार्वजनिक हुनेछ । यसले नेपाली बजारमा हुन्डाईको माइक्रो एसयूभी क्यास्पर र मारुती सुजुकी इग्निसका साथै इन्ट्री लेवलका एसयूभी निसान म्याग्नाइट र रेनो काइगरसँग प्रतिस्पर्धा गर्नेछ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments