Home / Blogs / किया सेल्टोस एक्स लाइन अब छिट्टै सार्वजनिक हुने; नेपालमा पनि आउने
  • Upcoming Cars
  • 0

किया सेल्टोस एक्स लाइन अब छिट्टै सार्वजनिक हुने; नेपालमा पनि आउने

Nepal Auto Trader

Share this News

image

दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले सेल्टोसको एक्स-लाइन भर्सन अब छिट्टै बजारमा ल्याउने भएको छ । कम्पनीले सोशल मिडियामार्फत नयाँ कारको टिजर पनि सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सेप्टेम्बर महिनामा सेल्टोस एक्स-लाइनलाई  बजारमा ल्याउने तयारी भइरहेको छ । कियाले अटो एक्स्पो २०२० मा सार्वजनिक गरेको ‘एक्स-लाइन कन्सेप्ट’लाई पूर्णरुप दिएर नयाँ एसयूभी बजारमा ल्याउन लागेको हो । किया सेल्टोसको एक्स-लाइन अब नेपाली बजारमा पनि छिट्टै सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।


किया सेल्टोस एक्स लाइनमा १.५ लिटर पेट्रोल इन्जिन, १.४ लिटर जीडीआई टर्बाे पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिन दिइएको छ जुन इन्जिनले क्रमश ११४ एचपी, १३८ एचपी र ११४ एचपीको पावर जेनेरेट गर्दछ । नेपाली बजारमा भने १.५ लिटर इन्जिनमा नै एक्स-लाइन आउने अनुमान गरिएको छ । यसमा अल ह्वील ड्राइभ सिस्टम दिइएको थियो ।  सो कारमा  ६ स्पिड म्यानुअल गियरबक्स, ६ स्पिड टर्क कन्भर्टर, सीभीटी र ७ स्पिड डिसीटी अटोमेटिक गियरबक्स समावेश रहेको छ जुन अप टेक लाइन र जीटी लाइन गरी २ भेरिएन्टमा उपलब्ध हुनेछ । 


किया एक्स-लाइनमा आकर्षक कलर थिम र कस्मेटिक अपडेट गरिएको छ । यसमा बढी पेन्ट पूर्णत व्ल्याक कलरमा हुनेछ भने फरक स्टाइलको फ्रन्ट ग्रिल  पनि समाबेश गरिएको छ । सो कारमा एलईडी हेडल्याम्प र एलईडी डे–टाइम रनिङ लाइट पनि फरक देखिएको छ । यसका साथै ब्ल्याक एयर डेम र ब्ल्याक अलोय ह्वीलमा कन्ट्रास्टिङ कलर एक्सेन्ट पनि देखिएको छ । कम्पनीले सो कारममा क्याबिन भित्रको सिट, अपहोल्स्ट्री र ड्यासबोर्डमा कन्ट्रास्ट स्टिचिङको साथमा स्पोर्टी लुक दिन खोजेको छ । सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, ईबीडी सहितको एबीएस, ईएससी, एचएसी, भीएसएम, फ्रन्ट र रियर पार्किङ सेन्सर र ब्लाइन्ड भ्यु मिरर जस्ता बिशेषता रहेका छन । 


कम्पनीले कारको टिजर भिडियोमा प्रोजेक्ट एक्स चाँडै लन्च हुने जानकारी दिइएको छ । नयाँ एक्स लाइन सेल्टोसको २ वर्षको वार्षिक उत्सवको अवसरमा सार्वजनिक हुने सम्भावना रहेको छ ।  सेप्टेम्बर महिनामा यसलाई बजारमा ल्याउने तयारी भइरहेको अनुमान गर्न सकिन्छ भने सो कार नेपाली बजारमा पनि छिट्टै सार्वजनिक हुनेछ । किया मोटर्सको नेपालका लागि आधिकारिक बितरक कन्टिनेन्टल ट्रेडिङले सेल्टोसको बिक्री बितरण गर्दै आएको छ । नेपाली बजारमा हाल उपलब्ध सेल्टोसको प्रतिस्पर्धा महिन्द्रा एक्सयूभी ५००, टाटा ह्यारियर, जिप कम्पास र एमजी हेक्टरसँग हुँदै आएको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।




Our latest comments