जीयाङ्सुको विद्युतीय गाडी हाउजी मिनी कार अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि जीयाङ्सुको आधिकारीक विक्रेता सिजी मोटर्सले हाउजी मिनी कार नेपाल भित्रिएको पनि जनाएको छ । फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध सो मिनी कार आगामी साताबाट विक्री सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ । बिशेष गरी सहरी क्षेत्रलाई ध्यानमा राखेर तयार गरिएको सो मिनी कार सुरुमा फुल अप्सन र पछी इन्ट्री भेरियन्ट पनि सार्वजनिक हुने छ ।
हाउजी मिनी कारको अगाडि र पछाडि नै मोटर जडान गरिएको जसको पीक पावर २४ किलोवाट रहेको छ । सो विद्युतीय गाडीमा १८.४३ किलोवाट आवरको लिभियम आयोन ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई एक पटक फुल चार्ज गर्दा २२५ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । दुई भेरियन्टमा उपलब्ध रहेको हाउजी मिनीमा दुईथरी चार्जिङ अप्सन पाउन सकिन्छ । यसको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टासम्म रहेको छ भने यसमा १५ इन्चको ह्वील दिइएको छ ।
जीयाङ्सु हाउजीको लम्बाई ३४४४ एमएम, चौडाई १५५० एमएम, उचाई १५३५ एमएम, २३५० एमएम ह्वीलवेस र १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा २७० लिटर क्षमताको बुट स्पेश रहेको छ भने यसको वजन भने ८४०-११०० केजी रहेको छ । यसले १.५ टनसम्मको तौल बोक्न सक्ने क्षमता राख्दछ । यसमा चार फरक फरक तरिकाले एड्जस्ट गर्न सकिने ड्राइभर र प्यासेन्जर सिट पनि दिइएको छ । यसको सिट तथा स्टेरिङ ह्वीलमा समेत लेदरको प्रयोग गरिएको छ ।
जीयाङ्सुको विद्युतीय गाडी हाउजी मिनी कारमा नयाँ आधुनिक फिचरहरु पाउन सकिन्छ । यसमा आकर्षक रेट्रो डिजाइनको राउण्ड क्रिस्टल प्रोजेक्सन हेडलाइट, राउण्ड डीआरएल, एयर कण्डिसन डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, व्लुटुथ सपोर्ट गर्ने ९ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, म्युजिक सिस्टम, मस्कुलर बोनेट र साइड बडी प्यानल जस्ता फिचर रहेका छन । यसैगरी यसमा रिभाइज्ड फ्रन्ट तथा रियर बम्पर, वाहिरी भागमा आकर्षक क्लियर एज र कर्नर पाउन सकिन्छ भने यसको फ्रन्ट र टेल भागमा लाइन डिजाइन दिइएको छ ।
हाउजी मिनी कारमा नयाँ डिउल टोन कलर दिइएको छ । हाउजी मिनी कार सुरुमा फुल अप्सनसहित नेपाली बजारमा सार्वजनिक गरिने छ भने यसको नेपाली बजार मुल्य २४ लाख पर्ने कम्पनीले जनाएको छ । यसको इन्ट्री भेरियन्ट पनि केही समयपछि नेपाली बजारमा सार्वजनिक गरिने छ जसको मूल्य भने केही कम हुनेछ तर तोकिएको भने छैन । यसमा ५ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको व्याट्री र मोटरमा वारेन्टी रहने छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।