Home / Blogs / सुपर सोको टीएस स्ट्रीट हन्टर नेपालमा सार्वजनिक हुने; यस्तो छ मुल्य
  • Latest Bikes
  • 0

सुपर सोको टीएस स्ट्रीट हन्टर नेपालमा सार्वजनिक हुने; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

सुपर शोकोको नयाँ इलेक्ट्रीक मोटरसाइकल नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि सुपर शोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलको आधिकारिक विक्रेता कम्पनी डि लाइफ स्टाइलले सुपर सोको इलेक्ट्रीक मोटरसाइकल टीएस स्ट्रीट हन्टरको बुकिङ सुरु भएको जनाएको छ । कम्पनीले यसको बुकिङ पनि लिमिटेड रहेको जनाएको छ । कम्पनीले सुपर सोको टीएस स्ट्रीट हन्टरको बिक्री बितरण पनि अब छिट्टै गर्ने जानकारी दिएको छ । सो इलेक्ट्रीक मोटरसाइकल स्पोर्टस् डिजाइनमा रहेको छ ।


सुपर सोको टीएस स्ट्रीट हन्टर ३.५ किलोवाटको मोटर दिइएको छ । सो इलेक्ट्रीक मोटरसाइकलमा दुई ब्याट्री अप्सन पाउन सकिन्छ जसमा एउटा मात्रै ब्याट्रीले १०० किलोमिटर र दुई वटै ब्याट्रीको कम्बाइनले २०० किलोमिटर रेन्ज प्रदान गर्ने छ । यो मोटरसाइकलको टप स्पीड क्षमता ७५ किलोमिटर प्रतिघन्टा रहेको छ । यसको दुबै चक्कामा डिस्क ब्रेक रहेको छ भने कोम्बी ब्रेकिङ सिस्टम पनि पाउन सकिन्छ । यसमा कम्पनीले १७ इन्चको वाइडर टायर दिइको छ भने यसको ग्राउन्ड क्लियरेन्स १८४ एमएम रहेको छ ।


नयाँ टीएस स्ट्रीट हन्टर इलेक्ट्रीक मोटरसाइकलमा फुल एलइडी लाइट्स, आर्कषक एलइडी डिआरएलसहितको हेडल्याम्प, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, ठूलो बुट स्पेस, एन्टिथेफ्ट अर्लाम, राइडीङ मोड, डबल डिस्क ब्रेक, यूएसबी चार्जिङ, स्मार्ट रिमोट कि जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । डिजिटल स्पिडोमिटर रहेको सो इलेक्ट्रीक मोटरसाइकलमा किलेस स्टार्ट, थ्रोटल लक सेन्सर, लिक्वीड कुल्ड सिस्टम जस्ता टेक्नोलोजी उपलब्ध छन ।  


सुपर सोको टीएस स्ट्रीट हन्टरको सुरुवाती नेपाली बजार मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । ग्राहकले सुपर शोकोको शोरुममा सम्पर्क गरेर यो मोटरसाइकल बुकिङ गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले यसको बुकिङ पनि लिमिटेड रहेको जनाएको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।








Our latest comments