नेटा भी इलेक्ट्रीक क्रसओभर कार अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले नेटा भी इलेक्ट्रीक क्रसओभर कार आगामी जेठ २२ गते आइतबार सार्वजनिक गर्ने जनाएको हो । होजन अटोले उत्पादन गरेको नेटा भीको बुकिङ पनि अब छिट्टै खुल्ने कम्पनीले जनाएको छ । यसको आधिकारीक मूल्य पनि जेठ २२ गते आइतबार नै सार्वजनिक गरिने छ ।
नेटा भीमा ३८ किलोवाट आवरको ब्याट्री दिइएको छ भने ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । कम्पनीले यसमा ६.६ किलोवाट क्षमताको चार्जर गाडीसँग दिने जनाएको छ । यो इलेक्ट्रिक कारले ४ सय किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यो इलेक्ट्रिक कार ४० र ५५ किलोवाट मोटर जडित क्षमतामा उपलब्ध रहँदै आएको छ । सो इलेक्ट्रिक कारलाई फास्ट चार्जरको माध्यमबाट ४० मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
नेटा भीमा नयाँ आधुनिक विशेषताहरु पाउन सकिन्छ । यसमा भर्टिकल इन्फोटेन्मेन्ट सिस्टम, फ्रन्ट फेसिका, डिजिटल ड्राइभर, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन रहेको छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेलल्याम्प दिइएको छ । यसैगरी यसमा अल ह्विल डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम, अडेप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामेरा जस्ता विभिन्न फिचर पाउन सकिन्छ । स्पोर्टस् कारबाट प्रेरित टु स्पोक स्टेरिङ ह्वील, सार्प ड्यासबोर्ड र पियु लेदर सिट यसको बलियो पक्ष हो ।
हाल नेपाली बजारमा ‘नेटा भी’ इलेक्ट्रीक क्रसओभरको रोड टेष्ट भइरहेको कम्पनिले जनाएको छ । एक हप्ता अगाडि नेपाल आएको नेटा भीको नेपाली बजार मुल्य करिब ३८ लाख पर्ने बताइएको छ । यो कारको सिधा प्रतिस्पर्धा टाटा नेक्सन इभीसंग हुने छ । कम्पनीले ब्याट्रीमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी प्रदान गर्ने बताइएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।