Home / Blogs / नयाँ इलेक्ट्रिक कार बीवाईडी एटो ३ नेपालमा सार्वजनिक हुँदै
  • Upcoming Cars
  • 0

नयाँ इलेक्ट्रिक कार बीवाईडी एटो ३ नेपालमा सार्वजनिक हुँदै

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा बीवाईडीको नयाँ इलेक्ट्रिक कार एटो ३ सार्वजनिक हुने भएको छ । नेपालका लागि बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकले नयाँ इलेक्ट्रिक एसयूभी ‘एटो-३’ को बुकिङ पनि अब छिट्टै खुल्ने जनाएको छ । नयाँ इलेक्ट्रिक कार एटो ३ को बुकिङ अर्को साता देखि खुल्ने कम्पनीले जनाएको छ । साइमेक्स इंकले बुकिङ गर्ने ग्राहकलाई २ महिना भित्रै डेलिभरी दिन सक्नेगरी तयारी गरेको पनि जानकारी दिएको छ । बीवाईडी एटो ३ हाल चीन र अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेको छ ।


बीवाईडी एटो ३ मा  ५०.१ र ६०.४ किलोवाट आवर गरी दुई ब्याट्री अप्सन दिइएको छ । यसमा ५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान गरिएको छ जसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्दछ । नेपाली बजारमा ६०.४ किलोवाट आवर ब्याट्रीयुक्त कार आउने कम्पनीले जनाएको छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्जगर्दा ४०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्ने बताइएको छ । ८० किलोवाटको फास्ट चार्जरले यसको ब्याट्रीलाई करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिने छ । 


बीवाइडीको डेडिकेटेट इभी प्लेटफर्ममा तयार भएको एटो-३ मा १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ जसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कम्प्याटिबल छ । यसमा प्यानोरामिक सनरुफ, रुफरेल, इलेक्ट्रिकल्ली हिटेड र एड्जस्टेबल साइड मिरर, १८ इन्चको अलोय ह्विल, इन्टिग्रेटेड डीआरएल सहितको एलईडी हेडलाइट, एलईडी टेललाइट र ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले जस्ता बिशेषता पाउन सकिन्छ । सुरक्षाका लागि यसमा एयरब्याग, ईपीएस सहितको एबीएस, हिल डिसेन्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम र टायर प्रेसर मोनिटरिङ जस्ता विशेषता उपलब्ध छन् ।


अष्ट्रेलियन एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको बीवाईडी एटो ३ ले सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड केवल ७.३ सेकेन्डमा भेट्टाउने छ । कम्पनीले यसको नेपाली बजार मुल्य भने सार्वजनिक गरेको छैन । यसको मूल्य सार्वजनिक नगरेपनि, एटो ३ को मुल्य ६२ लाखदेखि ६४ लाख सम्म रहने अनुमान गरिएको छ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments