Home / Blogs / बीएस ६ इन्जिन र नयाँ फिचर सहित एसयूभी फोर्स गुर्खा नेपाल आउने
  • Upcoming Cars
  • 0

बीएस ६ इन्जिन र नयाँ फिचर सहित एसयूभी फोर्स गुर्खा नेपाल आउने

Nepal Auto Trader

Share this News

image

फोर्स मोटर्सको गुर्खा अफरोड एसयूभी अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । बीएस ६ इन्जिनयुक्त फोर्सको उक्त नयाँ एसयूभी अन्य बजारमा भने सार्वजनिक भईसकेको छ । नेपालका लागी फोर्स मोटर्सको आधीकारीक बितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ । सन् २०२० अटो एक्सपोमै कन्सेप्ट भर्सन सार्वजनिक गरिएको फोर्स गुर्खाको प्रोडक्सन भर्सन अब बल्ल नेपाली बजारमा सार्वजनिक हुने भएको हो । नयाँ एसयूभीको मूल्य भने आगामी सेप्टेम्बर २७ मा सार्वजनिक हुने कम्पनीले जनाएको छ ।


नयाँ बीएस ६ गुर्खामा इन्जिन पनि नयाँ दिइएको छ । गुर्खामा २.६ लिटरको डिजेल इन्जिन दिइएको छ, जुन इन्जिनले ९१ एचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्दछ । यसमा फोर बाई फोर लो मोड छ भने ७०० एमएम वाटर वेडिङ डेप्थ पनि रहेको छ । अल व्हिल ड्राइभ सिस्टम जडान गरिएको सो गाडीमा पाँच स्पिड गियरबक्स दिइएको छ । बल्की डिजाइन, टु ह्वील र फोर ह्वील ड्राइभ सिस्टम, मर्सिडिजको २.६ लिटर डिजेल इन्जिन सो गाडीमा रहने कम्पनीले जनाएको छ ।


नयाँ बीएस ६ गुर्खामा नयाँ हेडल्याम्प, रिडिजाइन बम्पर, नयाँ ग्रिल, नयाँ टेलल्याम्प, डेटाइम रनिङ लाइट, फ्रन्ट फेण्डरमा इन्डिकेटर, टेलगेट-माउन्टेड स्पेयर व्हिल, नयाँ डिजाइनको ह्वील, न्यू टच स्क्रिन सिस्टम, सेकेण्ड रोमा क्याप्टेन सिट जस्ता फिचर समावेस गरिएको छ । सुरक्षाको लागि सो गाडीमा एयरव्याग, एबीएस, इबीडी, रिभर्स पार्किङ सेन्सर जस्ता सुविधा पाउन सकिन्छ । यसमा एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम सहितको नयाँ ड्यासबोर्ड रहने छ । यसैगरी सो गाडीमा टिल्ट एन्ड टेलिस्कोपिक स्टेयरिङ ह्विल र पावर विन्डो समाबेश गरिएको छ ।


फोर्सको नयाँ गोर्खा नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुने आयाम इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ । नेपाली बजारमा फोर्सका कमर्शियल गाडीहरु विक्री वितरण हुँदै आएका छन् । नयाँ गुर्खा विश्वभर चलेको कोभिड १९ महामारीको कारण रोकिएको थियो । नेपाली बजारमा गुर्खाको सिधा प्रतिस्पर्धा महिन्द्रा थार र सुजुकी जिम्नी जस्ता मोडलसँग हुने छ । अब केही दिनमै सार्वजनिक हुने यो गाडी मूल्यबारे भने अहिले खुलाइएको छैन । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।






Our latest comments