Home / Blogs / बेनेली १८०एस अब नेपाली बजारमा; खुल्यो बुकिङ
  • Upcoming Bikes
  • 0

बेनेली १८०एस अब नेपाली बजारमा; खुल्यो बुकिङ

Nepal Auto Trader

Share this News

image

बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनलले बेनेलीको नयाँ बाइक १८०एस नेपाली बजारमा उपलब्ध गराउने भएको छ । सो बाइकको बुकिङ खुलेको समेत कम्पनीले जनाएको छ । गत माघ महिनामै यसको औपचारिक सार्वजनिक गरिए पनि बीचमा कोरोना भाइरसको कारण यो बाइक डेलिभरी हुन सकेको थिएन । अब भने देशभरका सोरुमबाट बुकिङ लिइने कम्पनीले बताएको छ ।


बेनेली १८०एसमा १७५.३ सीसीको सिंगल सिलिन्डर, फोर भल्व, लिक्विडकुल्ड एफआई इन्जिन दिइएको छ, जुन इन्जिनले ९५०० आरपीएममा १८ बीएचपी पावर र र ७००० आरपीएममा १४ एनएम टर्क जेनेरेट गर्दछ । १७० एमएमको ग्राउण्ड क्लियरेन्स उपलब्ध यो मोटरसाइकलमा १३४५ एमएमको ह्वीलवेस र १० लिटर क्षमताको इन्धन ट्याङ्क दिइएको छ ।


सुरक्षाको लागि दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध रहेको छ । सो मोटरसाइकलमा अगाडि २६० एमएमको डिस्क र पछाडि २२० एमएमको डिस्क ब्रेक दिइएको छ । बाइकको अघिल्लो भागमा टेलिस्कोपिक सस्पेन्सन छ भने पछिल्लो भागमा मोनोसक रहेको छ । सो बाइकमा थ्री स्पार्क टेक्नोलोजीको प्रयोग गरिएको छ जुन प्रविधिले गर्दा बेनेलीको स्पोर्टी साउन्डलाई अझै राम्रो बनाएको कम्पनीको भनाइ छ । 


उच्च पावर र आकर्षक टेक्स्चरका कारण बेनेली १८०एस बजारमा निकै लोकप्रिय छ ।  नियोन, सेतो, कालो र रातो गरी ४ कलरमा सो बाइक नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा नियोन कलरको बेनेली १८० एसको मूल्य ४ लाख ४० हजार र अन्य कलरको मूल्य ४ लाख ३० हजार रुपैयाँ हुने कम्पनीको भनाइ छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments