Home / Blogs / बजाज पल्सर २२० एफ को २०२१ मोडल सार्वजनिक
  • Upcoming Bikes
  • 0

बजाज पल्सर २२० एफ को २०२१ मोडल सार्वजनिक

Nepal Auto Trader

Share this News

image

चर्चित टु ह्विलर निर्माता कम्पनी बजाजले आफ्नो मोडल पल्सर २२० एफको २०२१ मोडल सार्वजनिक गरेको छ । बजाज कम्पनीले सो मोटरबाइक सामान्य कस्मेटिक परिवर्तन सहित यसको २०२१ मोडल बजारमा सार्वजनिक गरेको हो । सो बाइक नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुनेछ । सो बाइकलाई सानदार बनाउनको लागि नयाँ परिमार्जन गरिएको कम्पनिको भनाइ छ । बजाज पल्सर २२० नेपाली बजारमा सर्वाधिक रुचाइएको मोटरसाइकल मध्य एक हो ।


नयाँ बजाज पल्सर २२० एफमा सामान्य अपग्रेड गरिएको छ । यसमा इन्स्ट्रयुमेन्ट क्लस्टरमा परिवर्तन गरिएको छ भने सो बाइकको कन्सोल पुरानो मोडलको जस्तै रहनेछ । पल्सर २२० एफको रियर ह्वीलमा स्पीडोमिटर वायर जडान गरिएको छ । सो बाइकको इन्डिकेटर मिटर इन्स्ट्रयुमेन्ट कन्सोलको तल समावेश गरिएको छ भने ट्रिप र ओडोमिटर दायाँ साइडमा जडान गरिएको छ । त्यस्तै यसमा थप गरिएको साइड स्ट्यान्ड वार्निङ सिंग्नललाई टपमा राखिएको छ । नयाँ पल्सर २२०एफ को ड्यासबोर्डमा कार्बन फाइबरले फिनिसिङ गरेको छ ।


बजाज पल्सर २२० एफमा  पुरानो मोडलमा जस्तै  २२० सीसी एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिन रहेको छ जसले २०.४ पीएस पावर तथा १८.५५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । यसको साथै बाइकमा ५ स्पोक अलोय ह्विल, प्रोजेक्टर हेडल्याम्प, एलईडी टेलल्याम्प, स्पोर्टी स्पलिट सिट, ट्युबलेस टायर र रियर ग्रयाब रेल्स समावेश गरिएको छ । यसका अलावा कुनै मेनकानीकल परिर्वतन गरिएको छैन । कम्पनीले यसको मूल्य केहि बढाएको पनि छ ।


बजाज अटोको सबैभन्दा चर्चित बाइक पल्सर रहेको छ । यो मोटरसाइकल कम्पनीले सन् २००७ मा उत्पादन सुरु भएको थियो । विगत १४ वर्षदेखि यो मोटरसाइकल नेपाली बजारमा सफल हुँदै आएको छ । सो बाइकलाई सानदार बनाउनको लागि नयाँ परिमार्जन गर्नुका साथै बाइकको लुक स्पोर्टी र स्टाइलिस पनि बनाइएको छ । बजाज पल्सर २२० एफ को २०२१ मोडल नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुनेछ ।


Our latest comments