Home / Blogs / बजाज डोमिनार २५० अब छिट्टै नेपालमा विक्री सुरु हुने
  • Upcoming Cars
  • 0

बजाज डोमिनार २५० अब छिट्टै नेपालमा विक्री सुरु हुने

Nepal Auto Trader

Share this News

image

नेपालका लागि बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले डोमिनार २५० नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । बिशेष श्रोतका अनुसार  बजाजको बहुप्रतिक्षित मोटरसाइकल डोमिनार २५० अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । कम्पनी स्रोतका अनुसार पुस महिना भित्र  डोमिनार २५० नेपाली बजारमा सार्वजनिक गर्ने तयारी पनि भइरहेको छ । बजाज डोमिनार बीएस ४ इन्जिनमा सार्वजनिक हुनेछ ।

 

नेपाली बजारमा हाल बजाज डोमिनार ४०० उपलब्ध रहेको छ । २५० सीसी सेग्मेन्टमा सार्वजनिक हुन लागेको सो मोटरसाइकलमा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा २७ पीएस पावर र ६५०० आरपीएममा २३.५ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ जुन डोमिनार ४०० मा पनि उपलब्ध छ । युवा देखि वृद्धसम्म सवैको रोजाइमा बजाज मोटरसाइकल पर्ने गरेको छ । डोमिनार २५० ले बजार राम्रो सफल गर्ने अनुमान गरिएको छ । 


केही दिनमा सार्वजनिक हुन लागेको बजाज डोमिनार २५० मा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सो मोटरबाइकमा सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथमा अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट साथै स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर उपलब्ध हुने छ । बजाज मोटरसाइकलको सवै भन्दा बढी मूल्य पर्ने मोटरसाइकल ४०० सीसीको डोमिनार हो (५ लाख ८९ हजार ९) । बजाज डोमिनार २५० को मूल्य ४ लाख ५० हजारदेखि ४ लाख ८० हजार रुपैयाँको बीचमा रहने अनुमान गरिएको छ ।

Our latest comments