ल्याउने भयो रोयल इन्फिल्डले हन्टर मोटर बाइक

रोयल इन्फिल्डले आक्रामक नयाँ बाइक सार्वजनिक गर्ने योजना बनाएको छ । हाल कम्पनीले नयाँ बाइक टेस्ट गरिरहेको तस्बिर सार्वजनिक भएको छ । यसका आधारमा यो अनुमान आएको छ ।

रिपोर्टका अनुसार रोयल इन्फिल्डले चार नयाँ बाइक शेर्पा, फ्लाइङ फ्लि, हन्टर र मेटियरको ट्रेडमार्क दर्ता गरेको छ । मेटियरले हाल बजारमा उपलब्ध बाइक थन्डरबर्डलाई प्रतिस्थापन गर्ने बताइएको छ । शेर्पाको पनि पहिले चर्चा भएको थियो । अब नयाँ चर्चा हन्टरको हुँदैछ । हन्टर हल्का र साधारण तर बलियो बाइक हुने अनुमान गरिएको छ ।

हन्टर बाइकमा पनि मेटियरकै इन्जिन हुने अनुमान गरिएको छ । यसमा ३५० सीसीको इन्जिन समावेश हुनेछ । सो बाइकमा १० स्पोक अलोय ह्विलको साथै १७/१८ इन्चको टायर समावेश हुनेछ । सो बाइकमा एलईडी टेलल्याम्प पनि समावेश गरेको छ ।

Share Page

0 Comments

Write a comment

menu
menu