Home / Blogs / नेपाल भित्रियो यामाहा एफजेड–एक्स; अब छिट्टै सार्वजनिक हुने
  • Latest Bikes
  • 0

नेपाल भित्रियो यामाहा एफजेड–एक्स; अब छिट्टै सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

यामाहाको वहुप्रतिक्षित नियो रेट्रो स्टाइलयुक्त नयाँ वाइक एफजेड–एक्स नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारि विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले एफजेड–एक्स अब छिट्टै नेपालमा सार्वजनिक गर्ने जनाएको छ । देशभरका शोरुममा उपलब्ध यो वाइकको बुकिङ खुल्ला गरिएको पनि कम्पनीले जनाएको छ । यसै महिनाको अन्तिमसम्ममा यसको औपचारिक रुपमा बिक्री सुरे गरिने अनुमान गरिएको छ । एफजेडएस भि थ्रीमा रहेको इन्जिनमा नै यो मोटरसाइकल आधारित रहेको छ । 


यामाहा एफजेड–एक्समा १४९ सीसीको एयर कुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले १२.४ एचपीको पावर र १३.३ एनएमको टर्क जेनेरेट गर्दछ । सो इन्जिनमा ५–स्पिड कन्स्ट्यान्ट मेस ट्रान्समिसन जडान गरिएको छ । ब्रेकिङका लागि एफजेड–एक्समा सिंगल च्यानल एबीएसका साथ दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने यो मोटरसाइकलमा टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन र मोनोसक रियर सस्पेन्सन रहेको छ । सो बाइकमा सिल्भर हेडल्याम्प ब्राकेट र सिल्भर प्यानलको प्रयोग गरिएको कम्पनीले जनाएको छ ।


यामाहा एफजेड–एक्सको लम्बाई २०२० एमएम, चौडाई ७८५ एमएम, उचाई १११५ एमएम, ग्राउण्ड क्लियरेन्स १६५ एमएम र १३३० एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १० लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १३९ केजी रहेको छ । सो मोटरसाइकलमा अगाडि २८२ एमएम र पछाडि २२० एमएम डिस्क ब्रेक दिइएको छ । एफजेडएस भि थ्रीको तुलनामा सो मोटरसाइकलको लम्बाई, चौडाई, उचाई र ह्वीलवेसमा केहि ठूलो रहेको छ । यसले ३५ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।


नयाँ एफजेड–एक्समा थुप्रै मोर्डन र सार्प फिनिसिङ साथमा आधुनिक बिशेषता पाउन सकिन्छ । सो बाइकमा फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, गोलो एलइडी हेडल्याम्प, एलईडी लाइट, एलईडी फ्ल्यासर, साइड स्ट्यान्ड इन्जिन कटअफ, मोर्डन इन्धन ट्याङ्क, सिंगल पीस सिट, सिंगल पिस ह्याण्डलवार जस्ता फिचरहरु पाउन सकिन्छ । सो वाइकमा ब्लुटुथ कनेक्टिभिटीमार्फत यामाहाको वाई–कनेक्ट एप प्रयोग गर्न सकिन्छ जसले स्मार्टफोन मार्फत मिस्ड कल, इमेल, म्यासेज र फोनको ब्याट्री लेवल आदि थाहा पाउन सकिन्छ । 


यामाहा एफजेड–एक्सको नेपाली बजार मुल्य ४ लाख २६ हजार ९ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ भने यो वाइकलाई २५ हजार रुपैयाँ तिरेर वुकिङ लिन सकिने एमएडब्ल्यू इन्टरप्राइजेजले जनाएको छ । यामाहा एफजेड–एक्स विभिन्न तीन कलर अप्सनमा उपलब्ध हुनेछ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।









Our latest comments