नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको अधिकृत विक्रेता जगदम्वा मोटर्सले टीभीएस स्कुटर एनटर्क १२५ को मूल्य वृद्धि गरेको छ । कम्पनीले एनटर्क १२५ पाच मध्य तीन भेरियन्टको मूल्य वृद्धि गरेको जनाएको छ । २०१८ मा सार्वजनिक भएको टीभीएस एनटर्क १२५ छोटो समयमै सफल स्कुटरका रूपमा स्थापित भएको कम्पनीले पनि बताएको छ । ग्राहकका इच्छा र चाहनाअनुरूपको स्कुटर रहेकाले सबैले मन पराएको यो एक उत्कृष्ट स्कुटर हो । टीभीएस एनटर्क नेपाली बजारमा सर्वाधिक विक्री हुने प्रिमियम स्कुटर रहेको कम्पनीले दावी गरेको छ ।
जगदम्वा मोटर्सले नेपालमा एनटर्कको ५ वटा भेरियन्टमा विक्री गर्दै आएको छ । सुरुमा एनटर्क १२५ डिस्क भेरियन्ट नेपाल आएको थियो, त्यसपछि एनटर्क ड्रम भेरियन्ट नेपाल आएको हो भने रेस एडिसन, स्क्वाड एडिसन र बीएस ६ इन्जिनमा एनटर्कको रेस एडिसन आरटी–एफआई आएको पनि धेरै समय भएको छैन । यि मध्य कम्पनीले एनटर्क १२५ को तीन भेरियन्टको मूल्य वृद्धि गरेको हो । एनटर्क डिस्क, एनटर्क सुपर स्क्वाड र एनटर्क रेश एडिशनको मूल्य वृद्धि भएको हो कम्पनीले जनाएको छ ।
यस्तो छ टीभीएस एनटर्क भेरियन्टको नयाँ मूल्य सुची:
| मोडल | इन्जिन क्षमता | मूल्य |
| टीभीएस एनटर्क ड्रम | १२४.८ सीसी | रु. २,२१,९०० (यथावत मुल्य ) |
| टीभीएस एनटर्क डिस्क | १२४.८ सीसी | रु. २,५६,९०० (नयाँ मुल्य) |
| टीभीएस एनटर्क सुपर स्क्वाड | १२४.८ सीसी | रु. २,७४,९०० (नयाँ मुल्य) |
| टीभीएस एनटर्क रेश एडिशन | १२४.८ सीसी | रु. २,६९,९०० (नयाँ मुल्य) |
| टीभीएस एनटर्क बीएस ६ | १२४.८ सीसी | रु. २,७७,९०० (यथावत मुल्य) |
एनटर्क १२५ मा १२४.८ सीसी, ३ भल्भ, एयरकुल्ड, इन्जिन रहेको छ जुन इन्जिनले ७००० आरपीएममा ९.१ बीएच पावर तथा ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ । अपडेटेड स्कुटरमा ०.८ लिटर इन्धन क्षमता थप गरिएको छ । बीएस ६ एनटर्कमा ५.८ लिटर इन्धन राख्न सकिने भएको छ । सो स्कुटरमा टीभीएस स्मार्ट कनेक्टको सहायतामा नेभिगेसन, पार्किङ सेन्सर, कल तथा एसएमएस नोटिफिकेसन जस्ता फिचर रहेको छ । सस्पेन्सलाई कम्पनीले बीएस-४ बाट नै निरन्तरता दिएको छ जुन सबै भेरियन्टमा एउटै रहेको छ । ।
एनटर्कमा फ्रन्टमा २२० एमएमको डिस्क ब्रेक रहेको छ भने रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ । यसमा फुल डिजिटल एलसीडी कन्सोल, फुल एलइडी हेडलाइट तथा टेल लाइट जस्ता फिचर रहेको छ । यसका अलावा यसमा राइड स्टाटिस्टीक्स, ल्याप टाइमर, ०–६० एशेलेरेसन टाइमर तथा मोड परिवर्तन गर्न सकिने छ । फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा ग्यास चार्जड मोनोसक सस्पेन्सन रहेको छ । यो पावर फिगर अन्य प्रतिस्पर्धी १२५ सीसीको भन्दा केहि धेरै र १५० सीसीभन्दा सामान्य कम हो ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।