टीभीएसले आधुनिक फिचरसहितको नयाँ जुपीटर स्कुटर सार्वजनिक गरेको छ । नयाँ जुपीटर स्कुटर नेपाली बजारमा पनि छिट्टै सार्वजनिक गरिने कम्पनीले जनाएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसका मोटरसाइकल र स्कुटर नेपाली बजारमा बिक्री तथा बितरण गर्दै आएको छ । कम्पनीले नयाँ फिचरसहितको जुपीटर स्कुटर भारत बाट विक्री सुरु गरेको छ भने अन्य एशियाली बजारमा पनि अब छिट्टै बितरण गर्ने जनाएको हो ।
टीभीएसले नयाँ जुपीटर स्कुटरमा स्मार्ट कनेक्ट फिचर दिएको छ जसले भ्वाइस असिस्टको काम गर्दछ । सो स्कुटरमा ब्लूटूथ केनेक्टिभिटी मार्फत स्मार्ट कनेक्ट फिचरमा भोइस असिस्ट, नेविगेशन, एसएमएस, कल अर्लट जस्ता बिशेषता प्रयोग गर्न सकिन्छ । साथै यो स्कुटरमा एप्पल तथा एन्ड्रोइड अटो दुबै फोन कनेन्ट गर्न सकिन्छ । यसमा एलइडी लाइट, नयाँ एलइडी डेटाइम रनिङ लाइट, एलइडी टेललाइट, र फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता बिशेषता पाउन सकिन्छ ।
टीभीएस जुपीटर ११० सीसी सेग्मेन्टमा नै फुल डिजिटल कन्सोल, नेभिगेशन र भ्वाइस असिस्ट भएको पहिलो स्कुटर भएको कम्पनीले दाबी गरेको छ । यसका अलावा कम्पनीले जुपीटरमा भने अन्य परिर्वतन गरेको छैन् । यसमा ११० सीसीको इन्जिन दिइएको छ जुन इन्जिनले ७५०० आरपीएममा अधिकतम ५.८ किलोवाट पावर र ५५०० आरपीएममा ८.८ एनएम टर्क जेनेरेट गर्छ । सो स्कुटरको अघिल्लो चक्कामा ड्रम ब्रेक र डिक्स ब्रेकको अप्सन छ र पछिल्लो चक्कामा ड्रम ब्रेक रहेको छ ।
टीभीएस जुपीटर ११० को लम्बाई १८३४ एमएम, चौडाई ६५० एमएम, उचाई १११५ एमएम, १२७५ एमएम ह्वीलवेस र १६३ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । स्कुटरको तौल जम्मा १०७ केजी रहेको छ भने सो स्कुटरमा ७६५ एमएमको सिट उचा दिइएको छ । सो स्कुटरमा ६ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले ६२ किलोमिटर माइलेज दिनेछ ।
टीभीएस जुपीटर म्याट ब्ल्याक र कपर ब्राउन गरी दुई कलर अपसनमा उपलब्ध रहेको छ । नयाँ भर्सन जुपीटरको भारतीय मूल्य ८० हजार ९३७ रुपैयाँ निर्धारण गरिएको छ भने यसको नेपाली बजार मुल्य भने सार्वजनिक हुन बाँकी नै छ । हाल उपलब्ध टीभीएस जुपीटरको नेपाली बजार मुल्य भने २ लाख ११ हजार ९ सय रहेको छ । यसले नेपाली बजारमा टीभीएस एनटर्क, यामाहा रे जीआर र होन्डा डियोसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।