Home / Blogs / टीभीएस अपाचे आरटीआर १६० फोरभी बीएस ६ नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य
  • Latest Bikes
  • 0

टीभीएस अपाचे आरटीआर १६० फोरभी बीएस ६ नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा टीभीएसको नयाँ बीएस ६ इन्जिनयुक्त मोटरसाइकल अपाचे आरटीआर १६० फोरभी सार्वजनिक भएको छ । यसको विक्री पनि सुरु भएको कम्पनीले जनाएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको एक्सचेन्ज मोलाबाट सो मोटरसाइकलको बिक्री सुरु गरेको हो । उत्कृष्ट लुक र उन्नत फिचरले सुसज्जित आरटीआर १६० फोरभी अब बीएस ६ संस्करणमा पनि उपलब्ध रहेको छ । 


नयाँ अपाचे १६० फोर भी पुरनो बीएस ४ मोडेलसँग धेरै समान देखिन्छ । आरटीआर १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन दिइएको छ जुन इन्जिनले १७.४ पीएस पावर ८००० आरपीएममा र १४.७ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । यसमा भएको ५–स्पिड गियरबक्सले पावरफुल राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । सो मोटरसाइकलको अगाडि र पछाडि गरी दूबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने यसमा एबीएस पनि उपलब्ध रहेको छ  । 


आरटीआर १६० फोर भीको लम्बाई २०५० एमएम, चौडाई ७९० एमएम, उचाई १०५० एमएम, ग्राउण्ड क्लियरेन्स १८० एमएम र १३५७ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १२ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले वजन १४५ केजी रहेको छ । सो मोटरसाइकलमा अगाडि २७० एमएम र पछाडि १३० एमएम डिस्क ब्रेक दिइएको छ भने यसको अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । सो बाइकले ३० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । 


टीभीएस आरटीआर १६० फोर भी बीएस ६ मा नयाँ हेडलाइट सेटअप, नयाँ एलइडी हेडलाइट सेटअप, व्लुटथ कनेक्टीभीटी र टर्न वाई टर्न नेभिगेशन जस्ता फिचर थप गरिएको छ । सो बाइकमा सिंगल–च्यानल एबीएस रहेको छ । टीभीएसका अन्य मोडल जस्तै यसमा पनि स्मार्ट कनेक्ट फिचर उपलब्ध छ भने एफआई इन्जिन पनि दिइएको छ । त्यसैगरी यसलाई स्पोर्ट, अर्वान र रेन गरी तीन मोडमा चलाउन सकिने छ । यसमा फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र गियर इन्डिकेटर जस्ता आदि विभिन्न फिचर उपलब्ध छन् ।


टीभीएस आरटीआर १६० फोर भी बीएस ६ मोटरसाइकल दुई कलर अप्सनमा नेपाली बजारमा उपलब्ध रहेको छ । यसको नेपाली बजार मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ भने यो भन्दा पहिले उपलब्ध बीएस ४ इन्जिनयुक्त मोटरसाइकलको मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ रहेको थियो । सो मोटरसाइकलले नेपाली बजारमा पल्सर, एफजेड, केटीएम ड्युक, होन्डा र हिरो जस्ता मोटरसाइकलहरु सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments