Home / Blogs / अब मोवाइलबाटै ट्राफिक जरिवाना तिर्न मिल्ने
  • Auto News and Updates
  • 0

अब मोवाइलबाटै ट्राफिक जरिवाना तिर्न मिल्ने

Nepal Auto Trader

Share this News

image

जरिवाना तिर्ने रहर कसैलाई हुँदैन। एक त पैसा खर्च हुने त्यही माथी झण्झट पनि हुने। अझ ट्राफिक नियम उलंघन गरेर जरिवाना तिर्न त झनै झण्झटिलो छ। सुरुमा बैंकमा गएर लाइन बसेर पैसा बुझायो अनी डिपोजिट स्लिप ट्राफिक कार्यालयमा बुझएपछि मात्रै आफ्नो कागजपत्र फिर्ता लिन पाइन्छ। अब भने यो झण्झट हट्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनलाइनबाटै जरिवान तिर्न मिल्ने व्यवस्था मिलाउने तयारी थालेको छ।

सेवाग्राहीले आफ्नो मोवाइलबाटै जरिवाना रकम तिर्ने व्यवस्था गर्ने तयारी भइरहेको महानगरीय ट्राफिक प्रहरी प्रमुख भिम प्रसाद ढकाले जानकारी दिए। ‘मोवाइल बैंकिङ, वालेट वा त्यस्तै कुनै माध्यमबाट सेवाग्राहिले सिधै जरिवान तिर्न मिल्ने व्यवस्था मिलाउदै छौं। २÷३ महिनाबाट यो प्रणाली सुरु हुन्छ। सोही अनुरुप काम गरिरहेका छौं,’ ढकालले  भने।

यसको लागि महाशाखाले सफ्टवेयर निमार्ण गरिरहेको छ। मोवाइलबाटै जरिवाना तिरेपनि कागजपत्र लिन भने ट्राफिक कार्यालयनै जानुपर्ने छ। ‘चालकले जरिवाना तिरेपछि तुरून्तै कागजपत्र फिर्ता दिनुपर्ने हो। तर हामीसगँ प्रविधिको अभाव छ,’ ढकालले भने, अहिले कागजपत्र लिन ट्राफिक कार्यालयनै जानुपर्छ, त्यो पनि विस्तारै स्पटमै दिने योजना बनाइरहेका छौं।’

यो सेवाले मात्रै पनि चालकलाई धेरै राहत हुने ढकालको दावी छ। बैंक र ट्राफिक कार्यलय दुवै ठाउँमा लाइन बस्न बाध्य सेवाग्राहीलाई एक ठाउँको भएपनि लाइन बस्नु नपर्दा समय बचत हुने उनको तर्क छ।

SOURCE:

Our latest comments