Home / Blogs / टोयोटा कोराेला क्रस नेपाली बजारमा सार्वजनिक
  • Upcoming Cars
  • 0

टोयोटा कोराेला क्रस नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

टोयोटाकाे नयाँ एसयूभी कोरोला क्रस नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत कोरोला क्रस सार्वजनिक गरेको हो । कम्पनीले यसअघि नै बुकिङ लिइरहेको कोरोला क्रसको सुरुवाति भेरियन्टको मूल्य १ करोड १२ लाख र टप भेरियन्टको मूल्य १ करोड ३३ लाख रुपैयाँ तोकिएको छ । कोरोला क्रस दुई भेरियन्टमा नेपाली बजारमा उपलब्ध हुने छ । पछिल्ला दिनमा अन्तराष्ट्रिय बजारमा कोरोला क्रसले निकै राम्रो सफलता पाइरहेको छ ।


कोरोला सेडानको प्ल्याटफर्ममा तयार भएको यो क्रसओभरलाई टोयोटाले आफ्नो चर्चित प्ल्याटफर्म टिएनजीएमा सो कार तयार गरेको हो ।टोयोटा क्रसको लम्बाई ४४६० एमएम रहेको छ भने, चौडाई १८२५ एमएम र उचाई १६२० एमएम रहेको छ । यो टोयोटा र्‍याभ फोरभन्दा थोरै छोटो रहेको छ । यसको क्याविन निकै आकर्षक र् ठुलो रहेको छ भने र्‍याभ फोरको जस्तै आकर्षक इन्टेरियर, ड्यास बोर्डमा ठूलो इन्फोटेन्टमेन्ट सिस्टमसहितको उत्कृष्ट इन्टेरियरले जो कोहीलाई लोभ्याउँछ ।


सार्प हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, व्ल्याक ग्रिल र बम्पर, साइड स्कृट र ह्वील आर्कले गाडीलाई निकै स्पोर्टी देखाएको छ । टोयोटा कोरोला क्रस पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । यसमा रहेको १.८ लिटर २ जेड एफबीई इन्जिनले १४० हर्सपावर र १७५ एनएम टर्क प्रदान गर्छ । यसैगरी डाइनामिक क्रुज नियन्त्रण, स्वचालित उच्च बीम लाइट, व्याक मनिटर, एबीएसकाका साथ ईबीडी, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, इमर्जेन्सी स्टप सिंगल यस कारका विशेषताहरु हुन् । हाल नेपालमा कोरोला क्रस एसयुभी २ किसिमको उपलब्ध छ । जसअनुसार इन्ट्रि मोडलको बजार मुल्य एक करोड १२ लाख र हाई मोडलको एक करोड ३३ लाख कायम छ ।

Our latest comments