Home / Blogs / सात महिनामा एक हजार बढी बिजुली गाडी आयात
  • Auto News and Updates
  • 0

सात महिनामा एक हजार बढी बिजुली गाडी आयात

Nepal Auto Trader

Share this News

image

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो ७ महिनामा १ अर्ब ५४ करोड ३१ लाख ७० हजार ४४ सय ७ रुपैयाँको बिजुली गाडी आयात भएको हो। यसमा १ हजार ५ सय २५ वटा गाडी आयात भएका छन्। तथ्यांक अनुसार नेपालमा बेल्जियम, चीन, फ्रान्स, युके, भारत, दक्षिण कोरिया, नेदरल्याण्ड र अमेरिकाबाट बिजुली गाडी आयात हुने गरेको छ। यीमध्ये चीनबाट सबभन्दा धेरै बिजुली गाडी आयात हुने गरेको छ।

गत वर्ष यही अवधिमा ६५ करोड ८६ लाख ९४ हजार ८० रुपैयाँको सवारी साधन आयात भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा २ हजार ९ सय ७७ ओटा गाडी आयात भएका थिए। गत वर्षभन्दा यो वर्ष गाडी थोरै आयात भए पनि महँगा बिजुली गाडी धेरै आयात भएको तथ्यांकले देखाउँछ।

विद्युतीय सवारी साधनमा सरकारले लिएको नीतिको कारण यसको आयातमा वृद्धि भएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका सचिव अनुप कुमार बरालले जानकारी दिए। ‘विद्युतीय सवारी साधनमा ८० प्रतिशतसम्म फाइनान्स हुन्छ। ब्याजदर थोरै छ त्यसैले यसको माग र आयात उच्च भएको हो,’ बरालले भने।

विद्युतीय सवारी साधनमा नेपालीको विश्वास पनि बढिरहेको उनले बताए। उनले भने ‘नेपालका प्रतिष्ठित सवारी साधन आयातकर्ता कम्पनीहरूले विद्युतीय गाडी आयात गरिरहेका छन्। ५० लाख सम्ममा ४ सय किलोमिटर माइलेज दिने गाडी नेपालमा उपलब्ध छन्। त्यही भएर विद्युतीय गाडीको आकर्षण पनि आकाशिएको हो।’

SOURCE:



Our latest comments