महिन्द्राको बहुप्रतिक्षित मोडल स्कर्पियोको नयाँ मोडल नेपाली बजारमा सार्वजनिक भएको छ । महिन्द्राले नेपालमा आफ्नो बहुप्रतीक्षित एसयुभी अल–न्यु स्कर्पियो–एन को सार्वजनिक गरेको जनाएको हो । नयाँ अल–न्यु स्कर्पियो–एन आधुनिक डिजाइन र हाइटेक सुरक्षा फिचर सहित नेपाली बजारमा भित्रिएको कम्पनीले जनाएको छ । सन् २००२ मा पहिलो पटक सार्वजनिक गरिएको स्कर्पियोले ठिक २० वर्षपछि आफ्नो रुप परिवर्तन गरेको हो । नयाँ स्पर्पियो–एनमा कम्पनीको एसयुभी पोर्टफोलियोलाई फरक तुल्याउनका लागि नयाँ लोगो पनि दिइएको छ ।
महिन्द्रा अल–न्यु स्कर्पियो–एन मा दुई इन्जिन अप्सन उपलब्ध रहेको छ । यसमा पहिलो पटक २.० लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन दिएको छ भने साथै यसमा २.२ लिटर क्षमताको डिजेल इन्जिन पनि उपलब्ध रहेको छ । यसमा रहेको पेट्रोल इन्जिनले अधिकतम २०० पीएस पावर र ३८० एनएम टर्क प्रदान गर्छ भने २.२ लिटर डिजेल इन्जिनले १७५ पीएस पावर र ४०० एनएम टर्क जेनेरेट गर्छ । दुबै इन्जिनमा ६ स्पीड म्यानुयल र अटोमेटीक गियरबक्स अप्सन उपलब्ध रहेको छ ।
अल–न्यु स्कर्पियो–एन को लम्बाई ४६६२ एमएम, चौडाई १९१७ एमएम, उचाई १८५७ एमएम, २७५० एमएम ह्वीलवेस र १८७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ४६० लिटर क्षमताको बुट स्पेश र ६० लिटरको इन्धन ट्याङ्की रहेको छ । सो कारले १५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । यसको वजन भने १८२५ केजी रहेको छ । यसले ८.९ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति बढाउने क्षमता राख्छ ।
महिन्द्राले स्कर्पियोमा पहिलो पटक सनरुफको विशेषता दिएको छ । यस्मा फ्रन्ट ग्रिल, बम्पर, स्कीड प्लेट, नयाँ फगल्याम्प, एलइडी टर्न इन्डिकेटर, एलइडी डेटाइम रनिङ लाइट, मस्कुलर बोनेट, नयाँ १७ इन्चको अलोय ह्वील, टेल लाइट र साइड बडी प्यानल जस्ता आधुनिक बिशेषता रहेका छन । यसैगरी यसमा रहेको नयाँ ड्यासबोर्ड, सेन्टर कन्सोल, गियर लिभर, आधुनिक सिट, इन्फोटेन्टमेन्ट सिस्टम, सुरक्षा फिचर, क्लाइमेट कन्ट्रोल, कनेक्ट फिचरले पहिलेको तुलनामा निकै धेरै आधुनिकता थपेको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा भने अहिले यो गाडी सार्वजनिक मात्र गरिएको कम्पनीले जनाएको छ । यसको बुकिङ समेत खुलाइएको छैन भने यसको नेपाली बजार मूल्य पनि अहिले सार्वजनिक गरिएको छैन । स्कर्पियो एन नेपालमा आगामी नाडा अटो शो २०२२ बाट विक्री नै सुरु हुने अनुमान गरिएको छ भने सम्भवत साउनको दोस्रो साताबाट यसको बुकिङ खुल्ला हुने छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।