Home / Blogs / टाटा नेक्सन सनरुफ सहित नयाँ भेरिएन्टमा सार्वजनिक
  • Latest Cars
  • 0

टाटा नेक्सन सनरुफ सहित नयाँ भेरिएन्टमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

टाटा मोटर्सले सब कम्प्याक्ट एसयूभी नेक्सनको नयाँ भेरिएन्ट एक्सजेड प्लस एस सार्वजनिक गरेको छ । सो एसयूभी पेट्रोल र डिजेल भर्सनमा उपलब्ध रहेको छ । एसयूभीको नयाँ एक्सजेड प्लस एस भेरिएन्ट पहिला उपलब्ध एक्सजेड प्लस र एक्सजेड प्लस ओको बीचमा पेश गरेको हो ।टाटा नेक्सनको नयाँ भेरिएन्ट एसयूभीको टप भेरिएन्ट एक्सजेड प्लस ओमा आधारित रहेको छ । नयाँ भेरिएन्टमा इलेक्ट्रिक सनरुफ समावेश गरिएको छ ।

नेक्सन एक्सजेड प्लस एस भेरिएन्टमा कनेक्टेड कार टेक्नोलोजी फिचरलाई छोडेर अधिकांश फिचर टप भेरिएन्ट एक्सजेड ओबाट लिएको छ । यसमा सनरुफ बाहेक अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर, क्रुज कन्ट्रोल, मल्टि ड्राइभ मोड्स, रियर एसी भेन्ट, फुल अटोमेटिक क्लाइमेट कन्ट्रोल र स्मार्ट पुश बटन स्टार्ट जस्ता फिचर रहेको छ ।

सेफ्टीको लागि सो एसयूभीमा ड्युअल फ्रन्ट एयरब्याग, ईबीडीको साथमा एबीएस, ट्रयाक्सन कन्ट्रोल, ब्रेक असिस्ट, हिल होल्ड असिस्ट, रिभर्स पार्किङ क्यामेरा, फ्रन्ट फग ल्याम्प, चाइल्ड सिटको लागि आईएसओआईएक्स, प्रि टेन्सनर्सको साथमा ड्राइभर सिट बेल्ट, लोड लिमिटर्स जस्ता फिचर रहेको छ ।

टाटा नेक्सनमा बीएस ६ कम्प्लायन्ट पेट्रोल र डिजेल इन्जिन रहेको छ । १.२ लिटर पेट्रोल इन्जिनले ११८ बीएचपीको पावर र १७० एनएम टर्क जेनेरेट गर्छ । १.५ लिटर डिजेल इन्जिन १०८ बीएचपीको पावर र २६० एनएम टर्क जेनेरेट गर्छ । यी दुबै इन्जिन ६ स्पिड म्यानुअल र ६ स्पिड एएमटी गियरबक्सको विकल्पमा रहेको छ ।

Our latest comments