Home / Blogs / नेक्सन फेसलिफ्ट नेपालमा सार्वजनिक, यस्तो छ नयाँ मूल्य
  • Latest Cars
  • 0

नेक्सन फेसलिफ्ट नेपालमा सार्वजनिक, यस्तो छ नयाँ मूल्य

Nepal Auto Trader

Share this News

image

टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नेक्सन फेसलिफ्ट नेपाली बजारमा ल्याएको छ ।  गत फेब्रुअरी १४ बाट सो कारको प्रि–बुकिङ खुल्ला गरिएको थियो । नयाँ नेक्सन नेपाली बजारमा एक मात्र भेरियन्टमा उपलब्ध हुने छ । एक्सएमएस भेरियन्टमा उपलब्ध हुने सो कारमा सनरुफ भएकाले यसलाई यसरी नामकरण गरिएको हो । सो कार स्ट्यान्डर्ड नेक्सनमा आधारित रहेको छ । हाललाई पेट्रोल इन्जिनमा मात्रै नयाँ नेक्सन नेपालमा उपलब्ध हुने छ । नेक्सनको सबै भेरियन्ट नेपाल आउन अझै केहि दिन लाग्ने कम्पनिको भनाइ छ । 


नेक्सन फेसलिफ्टमा १.२ लिटर टर्बोचार्ज्ड रेभोर्टन इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ५५०० आरपीएममा १२० पीएस पावर र १७५० देखि ४००० आरपीएममा १७० एनएम टर्क प्रदान गर्दछ । सो कारमा ६ स्पीड क्षमताको म्यानुयल र एएमटी गियरबक्स उपलब्ध रहने कम्पनिले जनाएको छ ।  नयाँ नेक्सन बीएस ६ इन्जिनको साथ नेपाली बजारमा उतारिएको हो । नेक्सन कारको लम्बाई ३९९४ एमएम, चौडाई १८११ एमएम, ऊचाई १६०७ एमएम र ह्विलवेस २४९८ एमएम रहेको छ ।


हाल उपलब्ध मोडलमा एलइडी डेटाइम रनिङ लाइट, प्रोजेक्टर हेडल्याम, सिग्नेचर एलइडी टेलल्याम्प, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, दुई एयरव्याग, इबीडी सहितको एबीएस, इलेक्ट्रीक स्टेविलिटी प्रोग्राम, ट्रायाक्सन कन्ट्रोल, हाइड्रोलिक ब्रेक एसिस्ट, हिल होल्ड कन्ट्रोल, मल्टी ड्राइभ मोड जस्ता फिचर उपलब्ध रहेका छन् । त्यस्तै सो कारमा चारवटा हर्मनको स्पीकर, ३.५ इन्चको कनेक्ट नेक्सट इन्फोटेन्टमेन्ट सिस्टम, व्ल्यूटुथ कनेक्टीभीटी, अटोफोल्ड ओआरभीएम, रुफरेल, ह्वील कभर, फलो मि होमल्याम्प, पावर विन्डो जस्ता बिशेषता पाउन सकिन्छ । 


सिप्रदी ट्रेडिङले एक्सएमएस भेरियन्टको नेपाली बजार मूल्य ४३ लाख ५५ हजार रुपैयाँ तोकेको छ । सो कारको अहिले बजारमा बिक्री बितरण पनि सुरु भाईसकेको कम्पनिले हामीलाई जानकारी दिएको छ । ग्लोवल एनक्याप क्र्यास टेस्टमा ५ स्टार रेटिङ पाएको नेक्सन थप ५ भेरियन्टमा अब छिट्टै नेपाली बजारमा आउने कम्पनीले जनाएको छ । सो कार एक्सई, एक्सएम, एक्सजेड, एक्सजेड प्लस र एक्सजेडएस भेरियन्टमा उपलब्ध रहने छ । 

Our latest comments