Home / Blogs / टाटा टियागो एनआरजी नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य
  • Latest Cars
  • 0

टाटा टियागो एनआरजी नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा टाटाको नयाँ क्रसओभर एनआरजी सार्वजनिक भएको छ । नेपालका लागी टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नेपाली बजारको लागि नयाँ क्रसओभर एनआरजी फेसलिफ्ट बीएस ६ इन्जिनमा सार्वजनिक गरेको हो । कम्पनीले टाटा एनआरजी क्रसओभरको बिक्री समेत सुरु गरेको जनाएको छ । ग्लोबल एनक्यापमा सुरक्षाको लागि चार स्टार सेफ्टी रेटिङ पाएको सो गाडी निकै उत्कृष्ट कार्यक्षमता र आकर्षक डिजाइनमा निर्मित रहेको छ । एनआरजी नयाँ इन्जिन र थुप्रै कस्मेटिक परिमार्जन सहित बजारमा सार्वजनिक गरिएको छ ।


टाटा एनआरजीमा नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको १.२ लिटर, थ्रि सिलिण्डर, रेभोर्टन इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ६००० आरपीएममा ८६ पीएस पावर र ३३०० आरपीएममा ११३ एनएम टर्क प्रदान गर्दछ । १२०० सिसीको इन्जिन क्षमतासहित यो म्यानुअल र एटिएम दुवै ट्रान्समिसनमा उपलब्ध छ । एनआरजीको लम्बाई ३८०२ एमएम, चौडाई १६७७ एमएम, उचाई १५३७ एमएम, २४०० एमएम ह्वीलवेस र १८१ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । २४२ लिटर क्षमताको बुट स्पेश रहेको सो कारमा ३५ लिटरको इन्धन ट्याङ्की दिइएको छ ।


टाटाको एनआरजीमा पुस स्टार्ट बटन, रिअर पार्किङ्ग क्यामेरा, अटो फोल्ड ओआरभिएम, फ्ल्याट बटम स्टेरिङ ह्वील, फलो मि-होम हेडल्याम्प, हाइट एड्जस्ट गर्न मिल्ने ड्राइभिङ सिट, एड्जस्टेवल स्टेरिङ, हर्मनको इन्फोटेन्टमेन्ट सिस्टम र स्पीकर जस्ता विशेषता दिइएको छ । एनआरजीको ह्वील, ड्यासबोर्ड लगायत परिमार्जन गरेर नेपाली बजारमा उतारिएको हो । टाटाको एनआरजी बलियो र स्पोर्टी बनावटमा निर्मित छ जसले गर्दा नेपालमा रहेको कच्ची सडकहरूमा सुरक्षित भइ सहजताका साथ ड्राइभ गर्न सकिन्छ।


टाटा टियागो एनआरजी नेपाली बजारमा फरेस्ट ग्रीन (हरियो) , फायर रेड (रातो), स्नो ह्वाइट (सेतो) र क्लाउडी ग्रे गरेर चार विभिन्न रंगमा उपलब्ध रहेको छ । एनआरजीको नेपाली बजार मुल्य ३३ लाख ७५ हजार निर्धारण गरेर विक्री सुरु गरिएको छ । कम्पनीका अनुसार यसलाई बुकिङ गर्ने ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । नेपाली बजारमा सिप्रदी ट्रेडिङले एनआरजीको विक्री गर्दै आएको छ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments