Home / Blogs / एसवाईएमको एड्भेन्चर बाइक एनएचटी २०० नेपाली बजारमा सार्वजनिक
  • Latest Bikes
  • 0

एसवाईएमको एड्भेन्चर बाइक एनएचटी २०० नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा नयाँ ब्राण्डको एड्भेन्चर डर्ट बाइक भित्रिएको छ । एसवाईएम ब्रान्डको ताइवानी मोटरसाइकल नेपाली बजारमा सार्वजनिक भएको हो । एसवाईएमको डबल स्पोर्टस बाइक एनएचटी २०० नेपाल आएको हो । एसवाईएमको आधिकारिक वितरकमा केजी इन्टरनेसनलले यो बाइक उपलब्ध गराएको हो । बैशाख महिनामै यो बाइक नेपाली बजारमा सार्वजनिक हुने कुरा रहेको थियो तर निषेधाज्ञाका कारण ढिलाई भएको हो ।


एसवाईएम एनएचटी २०० मा १८३ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, एफआई इन्जिन रहको छ जुन इन्जिनले २१ बीएच पावर तथा १५.७ एनएम टर्क जेनेरेट गर्दछ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।  सो बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क सस्पेन्सन र रियरमा युनिट स्विङ आर्म रहेको छ ।  सिटको उचाई ८१० एमएम रहेको सो बाइकमा १३ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको अधिकतम स्पिड १२५ किमी प्रतिघण्टा रहेको छ ।  


एनएचटी २०० को दुबै चक्कामा डिस्क ब्रेक र डबल च्यानल स्वीचेवल एबीएस दिइएको छ भने यसको पछाडि चक्कामा दिएको एबीएस आवश्यकता अनुसार अन/अफ गर्न मिल्छ । सो मोटरबाइकमा सबै लाइट एलइडी प्रयोग गरिएको छ । साथै सो बाइकमा पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल पाउन सकिन्छ । अर्वान एक्सप्लोरका लागि डिजाइन गरिएको यो बाइक क्रसओभर एड्भेन्चरमा पर्दछ । सो बाइकमा अवस्थित बिक र भाइजरले यसको एड्भेन्चर लुकलाई थप परिस्कृत बनाएको छ । 


एसवाईएम एनएचटी २०० निकै आकर्षक डिजाइनमा नेपाल भित्रिएको हो ।अब केही दिनमै भर्चुअल रुपमा सार्वजनिक गरी यो बाइक नेपालमा भित्रिएको औपचारिक जानकारी गराइने कम्पनीले जनाएको छ । कम्पनीले सो बाइकको नेपाली बजार मूल्य ५ लाख ४८ हजार ८८८ रुपैयाँ निर्धारण गरिएको जनाएको छ । केजी इन्टरनेशनलले काठमाडौंको कमलपोखरीमा शोरुम खोलेर एसवाईएम ब्राण्डका उत्पादन विक्री सुरु गर्न लागेको जनाएको छ ।  


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments